News

Apr 27, 2008

नेपालमा राजा जोगाउन भारतमा सम्मेलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका राजा ज्ञानेन्द्र जोगाउन अझै पनि भारतमा हिन्दूलाई अतिवादीहरू सल्बलाइरहेको समाचार छ । विश्व हिन्दू महासंघको पाटेश्वरी शक्तिपीठ देवि पाटन मन्दिरमा शनिबारदेखि सुरु भएको २० औं महासम्मेलनका सहभागीहरूले संविधानसभामार्फ माओवादी विजयलाई नेपालको अखण्डता र स्थिरताका लागि खतरा भएको दाबी गरेका छन् ।
उनीहरूले नेपालको प्रतिकूल अवस्थालाई अनुकूल बनाउन हिन्दू समाजका सबै उपसनालाई जोडेर हिन्दू राजा कायम राख्नसमेत जोड दिएको बताइन्छ । नेपालको तर्फाट थुप्रै दरबारियालाई लिएर विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहले भाग लिएका छन् । उनले सो सम्मेलनमा राजा ज्ञानेन्द्रबाट शुभकामनासमेत लिएर गएका थिए । सम्मेलनमा राजा ज्ञानेन्द्रको शुभकामना पनि उनै सिंहले पढेर सुनाएका थिए ।
नेपालमा माओवादीले ठूलो दलको हैसियत प्राप्त गरेलगत्तै छटपटाएका भारतका अतिवादी हिन्दूहरूले नेपालमा देखिएको धार्मिक चुनौती नेपालको मात्र नभएर समग्र भारतको पनि चुनौती भएको ठहर गर्दै त्यसको सामना गर्न बृहत् हिन्दूवादीहरू एकता हुनुपर्ने गोरक्षानाथ पीठाधीशका उत्तराधिकारी एवं भारतीय लोकसभा सदस्य आदित्यनाथले अपिल गरेका छन् । भारतीय पूर्वकेन्द्रीय मन्त्री डा. सुव्रमन्यम स्वामीले नेपालको माओवादीबाट भारतीय अखण्डतामा समेत खतरा रहेको ठहर गर्दै भारतमा हिन्दू सरकार बने नेपालको सुरक्षा हुने दाबी गरे ।
भारतको सो हिन्दू सम्मेलनले नेपालका राजा ज्ञानेन्द्रको सत्ताच्यूत हुने दिन आएकाले त्यसलाई जोगाउन विश्वव्यापी पहल गरिदिन आहृवान गर्ने निष्कर्षनिकालिने बताइएको छ । राजाले समेत आफ्नो पक्षमा जनमत खडा गरेर अन्तराष्ट्रिय दबाब आएको खण्डमा कुनै कुनामा रहने इच्छा व्यक्त गरेको अनुमान राजनीतिक वृत्तमा चर्चा चलेको छ । केही दिनसम्म चल्ने सो सम्मेलनले केही निष्कर्षनिकाल्ने हो त्यो भने हेर्न बाँकी छ ।

No comments: