News

Apr 12, 2008

नेकपा एमालेका महासचिव नेपालद्वारा महासचिव पदबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानसभा निर्वाचनमा लज्जापूर्ण पराजयपछि नेकपा एमालेका महासचिव माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका छन्। काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका नेपाल माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीसंग १५३४ को मत अन्तरले पराजित हुनु भएको थियो। माओवादीले एमालेसंग पटक पटक गरेको चुनावी तालमेलको आग्रहलाई एमालेले लत्याई दिएका थिए। यता एमालेका शीर्ष नेताहरु पराजित हुंदै जाँदा उता माओवादीको पक्षमा चुनावी परिणामहरु देखिन थालेका छन्। नेकपा एमालेका प्रभावशाली नेताहरु क्रमिक रुपले पराजित हुन थाले पछि एमाले नेतृत्वमा संकट देखिएको छ। एमाले नेतृत्वले चुनावी रणनीतिलाई राम्ररी अध्ययन गर्न नसकेकाले एमालेले हारको सामना गर्न परिरहेको छ भने महासचिव नेपालले आफूहरुबाट हुन नसकेको सही निर्णयका कारण पार्टी र जनतालाई पर्न गएको असरलाई मध्य नजर राख्दै नेपाली महासचिव पदबाट राजीनामा दिएका छन्।

No comments: