News

Apr 29, 2008

'गोर्खालाई बंगाल सरकारले पक्षपात गरेको छ’

लिम्वूवान डट व्लगस्पोट डटकम,कृष्ण सिंजाली,सिलिगुडी
गोर्खा मुक्ति मोर्चा (गोजमुमो)लाई जिल्ला प्रशासनले सिलगुडीमा जनसभा गर्ने अनुमति नदिएपछि त्यसको विरोध गर्दै बिहीबारदेखि भोक हड्ताल गर्ने घोषणा गरेको छ ।
सिलिगुडीस्थित र्सर्किट हाउसमा भएको छलफलमा प्रशासनले पञ्चायत चुनाव एवं १८ मईसम्म आन्दोलन स्थगित गरी उत्तर बंगाल पुलिसका कमिश्नर बीएल मीना, आइजीकेएल तामटा दार्जिलिङ जिल्ला प्रमुख राजेश पाण्डेय, पुलिस अधिक्षक राहुल श्रीवास्तव र महासचिव रोशन गिरीको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिबीच करिब एक घण्टा छलफल भएको थियो ।
गणतान्त्रिक आन्दोलनमा प्रशासनले बारम्बार हस्तक्षेप गरिरहेको महासचिव गिरीले आरोप लगाउनुभयो । यसअघि गोजमुमोले २७ अप्रिलमा सिलीगुडीस्थित बाधाजित पार्कमा जनसभा गर्ने अनुमति प्रशासनसँग माग्दा जिल्ला प्रशासनले त्यसको विरोधमा दार्जिलिङ, कालेबुङ, खर्साड. मिरिक, डुबर्सलगायत सिलीगुडीको नगरपालिका भवनको कार्यालयमा गोजमुमोका ११ जना सदस्य भोक हड्तालमा बस्ने महासचिव गिरीले बताउनुभयो ।
यसैबीच प्रशासनले जनसभा गर्न अनुमति नदिएर गोर्खाहरुको मौलिक अधिकार हनन गरेको आरोप कालेबुङका विधायक गौलन लेप्चाले लगाउनुभएको छ । वाम फ्रन्ट सरकार तथा सिलिगुडी प्रशासनले केही उद्देश्यबाट प्रेरित भएका व्यक्तिहरु तथा गोर्खा विरोधीको दबावमा आएर प्रशासनले जनसभाको अनुमति रद्द गरेको बताउनुभयो ।
आपनै स्थानमा गणतान्त्रिक ढंगबाट जनसभा गर्ने अनुमति नदिए फेरि एकपल्ट बंगाल सरकारले गोर्खा जात्रि्रति पक्षपाती व्यवहार गरेको आरोप लगाउँदै बंगाल सरकारले गोरखाहरुको मौलिक अधिकारमाथि दमन गरेको चर्चा विश्वभरि रहेका गोरखाहरुले थाहा पाइसकेको विधायक लेप्चाले बताउनुभयो ।
त्यसैगरी गोजमुमोका केन्द्रीय सदस्य डा. हर्कबहादुर क्षेत्रीले गोजमुमोको आन्दोलनविरुद्ध भाकपाले घरघरमा पर्चा बाँडे पनि कुनै फरक नपर्ने बताउनुभयो । यस्तो कार्यले भाकपाको वास्तविक छवि जनताको आँखाअगाडि स्पष्ट हुने बताउनुभयो ।

No comments: