News

Apr 29, 2008

धरानमा आईतवार देखि नमुना संविधानसभाका लागि परामर्श कार्यक्रम शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
पूर्वाञ्चलका विभिन्न जातजातिका प्रतिनिधि तथा स्थानिय समुदायलाई मुलुकमा हुन लागेको संविधानसभाको निर्वाचनवारे जानकारी गराउने उद्धेश्यले धरानमा आईतवार देखि नमुना संविधानसभाका लागि परामर्श कार्यक्रम शुरु गरिएको छ ।जातिय विभेद विरुद्ध राष्ट्रिय मंच काठमाण्डौको आयोजना तथा किरात याक्थुङ्ग चुम्लुङ्ग सुनसरीको व्यवस्थापनमा प्रारम्भ भएको दुई दिने कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिलाइ आफनो समान प्रतिनिधित्वका वारेमा उचित परार्मश गरिने आयोजकले जनाएको छ ।पूर्वाञ्चलका नौ जिल्लका ६० जना जातिय प्रतिनि्धिहरुको सहभागिता रहेको कार्यक्रममा जातिय सवालमा राष्ट्रिय निणर्य गर्नु अघि स्थानिय स्तरमा नमुना संविधानसभा वैठक पछि मात्र संविधानले संसोधन गरिन पर्ने आवश्यकता औल्याईएको छ । यस्तै कार्यक्रममा सहभागिहरुले संविधान निमार्ण प्रकृया तथा यसले उठान गर्ने विषयमा स्थानिय स्तरवाटै प्रतिनिधित्व गराई गरिएको निणर्य व्यावहारिक तथा तथ्य परक हुने कुरामा सहभागिहरुले जोड दिएका थिए । सोमवारसम्म संचालन हुने कार्यक्रममा सहभागि प्रतिनिधिहरुले केन्द्रमा वहस हुने विषयका लागि प्रत्येक समुदायको आवाजलाई पहिले सुनेर मात्र निणर्यक तहमा पुर्‍याइए मात्र जनताको मागलाई संविधानमा उल्लेख हुने सक्नेकुरामा जोड दिएका थिए ।मुलुकका ११ वटा क्षेत्रमा लगातार संचालन गरिने कार्यक्रमका लागि पहिलो पटक सो सस्थाले धरानवाट कार्यक्रम शुरु गरिएको आयोजक समितिका सदश्य तथा आदिवासी जनजाति महासंघका पूर्व महासचिव वालकृष्ण मावुहाङ्गले वताउनुभयो । कार्यक्रम पश्चात सहभागि प्रतिनिधिहरुलाई आगामी वैसाख अन्तिम साता देखि दुई साता लामो नमुना संविधानसभा कार्यक्रमका लागि सहभागि गराईने वताईएको छ ।कार्यक्रममा किरात राई यायोख्या प्रतिनिधि सहित तराई तथा पूर्वी पहाडी क्षेत्रमा वस्ने सवै जात जातिका प्रतिनिधिहरुको सहभागिता गराईएको थियो । कार्यक्रम धरान पश्चात उदयपुरको गाईघाटमा गराईले आयोजकले जनाएको छ ।धरान संगै यस्तो कार्यक्रम मुलुकका ११ स्थानमा गरिने आयोजकले जनाएको छ ।

No comments: