News

Sep 21, 2008

अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुभएको वजेटका विशेषता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको नेकपा माओवादीको नेतृत्वमा बनेको गणतान्त्रिक नेपालको पहिलो सरकारले शुक्रबार मुलुकको वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा.बाबुराम भट्टराइले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०६५।६६ को विनियोजन बजेटका सम्बन्धमा विभिन्न खाले मिस्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । के छन् त वजेटका विशेषता भन्ने जिज्ञासा आमरुपमा उठेको छ । प्रस्तुत छ वजेटका विशेषता-

-सरकार सञ्चालनको साझा न्यूनतम कार्यक्रममा आधारित

-बजेट समाजवादतर्फ उन्मुख

-तीव्र आर्थिक विकास गर्ने उद्देश्य

-सर्पझैं घस्रने नभई भ्यागुतोझैं उफ्रने उद्देश्यबाट बजेट अभ्रि्रेरित

-आर्थिक परनिर्भरता हर्टाई आत्मनिर्भर र स्वतन्त्र अर्थनीति लिइने

-गत आर्थिक वर्षमा आर्थिक वृद्धि ५ दशमलव ६ प्रतिशत

-गत आर्थिक वर्षमा व्यापार घाटा एक खर्ब ६५ अर्ब रुपैयाँ

-आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरिने

-प्रमुख नदीहरुलाई डाइभर्सन गरी सिँचाइ विस्तार गरिने

-नयाँ नेपाल सुशिक्षित नेपाल नयाँ नेपाल स्वस्थ नेपालको नीति ल्याउने

-प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय लगानी समिति गठन गरिने

-द्वन्दपीडितका लागि राहत र भत्केका संरचनाको पुननिर्माणमा प्राथमिकता

-नेपाली कूटनीतिक नियोगलाई वैदेशिक लगानी अभिवृद्धि गर्न प्रोत्साहन गरिने

-संविधान निर्माणलाई उच्च प्राथमिकता

-'हाम्रो गाउँ, राम्रो बनाउँ' कार्यान्वयनका लागि प्रत्येक गाविसलाई १५ देखि ३० लाख रुपैयाँ अनुदानको व्यवस्था ।

-सशस्त्र द्वन्द्वमा प्रभावित परिवारलाई प्रारम्भमा एक लाख रुपैयाँ

-माओवादी लडाकूलाई मासिक भत्ता तुरुन्त दिइने र यो भत्ता प्रत्येक महिना दिइने

-जनकपुर अस्पतालमा रामवृक्ष यादव स्मृति केन्द्र र त्रिवि अस्पतालमा सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र

-कोसी पीडितका लागि राहत र पुनस्थापनाका लागि दुइ अर्ब रुपैयाँको बजेट व्यवस्था

-'निर्मल जल, नेपालको बल' नाराका आधारमा जलस्रोतको उपयोगलाई प्राथमिकता

-विद्युत क्षेत्रका लागि १२ अर्ब ६९ करोड विनियोजन ।

-'नयाँ नेपाल, सुशिक्षित नेपाल' र 'नयाँ नेपाल, स्वस्थ नेपाल' नारा कार्यान्वयन गर्ने

-प्रधानमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आर्थिक परिषद्को गठन गरिने ।

-यस वर्षदेखि सुरु हुने विभिन्न क्षेत्रका केन्द्रीय महत्वका साठीभन्दा बढी योजना र कार्यक्रमहरु 'नयाँ नेपाल निर्माण अभियान' अन्तर्गत विशेष प्राथमिकताका साथ सञ्चालन हुने ।

-उत्तर-दक्षिण जोड्ने सडक तथा रेलमार्गको विस्तारमा विशेष जोड दिइने ।

-सशस्त्र द्वन्द्वपीडितका लागि सहजीवन बस्ती, सहिद प्रतिष्ठान गठन गर्ने ।

-कर्णाली अञ्चलमा सुरु गरिएको 'एक परिवार एक रोजगार' कार्यक्रमलाई निरन्तरता ।

-कर भुक्तानीको सहुलियत नलिएर कर नतिरेर अटेर गर्नेको सम्पत्ति जफत गरिने ।

-जथाभावी मदिरा बिक्री वितरण गर्न नपाइने ।

-युवा स्वरोजगार कोष स्थापना गरिने ।

-राजमार्गमा जथाभावी राखिएका सबै प्रकारका ढाट हटाइने ।

-गणतन्त्र स्थापनालाई चिरस्मरणीय गराउन नारायणहिटी परिसरभित्र विशिष्ट ढाँचाको गणतन्त्र प्रतिमूर्ति निर्माण गरिने ।

-पूर्वराजाहरुको सम्पत्ति खोजवीन गर्न कार्यदल गठन गरिने ।

-कृषि उत्पादकत्व बढाउन 'गाउँ गाउँमा सहकारी, घरघरमा भकारी' कार्यक्रम अघि ल्याइने ।

-निजी र सरकारको पहलमा पूर्वाधार विकास बैंकको स्थापना गरिने ।

No comments: