News

Sep 27, 2008

जनसेनाको सुरक्षा नछाड्ने अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा भवनमा हतियार सहित प्रवेश गरेको विषयमा विरोध भइरहेको बेला माओवादीका एक नेताले गृहमन्त्रीले भन्दैमा आफूहरुले जनसेनाको सुरक्षा नछाड्ने अडान व्यक्त गरेका छन् । माओवादी सचिवालय सदस्य टोपबहादुर रायमाझीले आफूहरुले शान्ति सम्झौता अनुरुप नै जनसेनाको सुरक्षा लिएको दाबी गर्दै उक्त अडान व्यक्त गर्नुभएको हो ।राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विगतमा पनि हतियार लिएरै संसदमा आउने गरेको समेत उल्लेख गर्नुभयो । माओवादी सभासदले जनसेना अनि हतियार सहित संविधानसभा भवनमा प्रवेश गरेको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य प्रतिपक्षीले विरोध गर्दै आएका छन् । ती दलका सभासदले विरोध गर्दै संसदमै नाराबाजी गरेपछि शुक्रबार संसद वैठक स्थगित भएको थियो । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शनिबार संसदमा उपस्थित भएर हतियार लिएर प्रवेश गर्नु नहुने बताउनुभएको थियो ।

No comments: