News

Sep 21, 2008

यादवको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भूमिसुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादवले आफ्नो पदबाट शुक्रबार दिएको राजीनामा प्रधानमन्त्रीले अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८ को खण्ड क बमोजिम स्वीकृत गर्नुभएको छ ।यो जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार दिएको हो । रिक्त हुन आएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको कार्यभार अर्का व्यवस्था नभएसम्म प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुने भएको छ ।यसैबीच, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमी बेलायतको राजधानी लण्डनमा आयोजना हुने नेपाल मेला, २००८ मा भाग लिने सिलसिलामा त्यसतर्फ जानुभएकाले उहाँको अनुपस्थितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सामान्य प्रशासनमन्त्री पम्फा भुसालले सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

No comments: