लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुस तथा श्रीमती लौरा बुसद्वारा संयुक्त राष्ट्रसंघ महासभाको ६३ औं अधिवेशनमा भाग लिन पुगेका प्रतिनिधिमण्डलका प्रमुखहरूको
सम्मानमा आइतबार राति न्यूयोर्कमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।प्रधानमन्त्री दाहाल महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुग्नुभएको हो । प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्य र श्रीमती गीता आचार्यले न्यूयोर्क विमानस्थलमा स्वागत गर्नुभएको थियो ।न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ नेपाल नियोगका अनुसार त्यस अवसरमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत सुरेशचन्द्र चालिसे र संयुक्त राष्ट्रसंघ स्थायी नियोगका अधिकारीहरूको पनि उपस्थिति थियो ।

No comments:
Post a Comment