News

Sep 28, 2008

चार देशमा श्रम सहचारी पठाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले विदेशस्थित चार नेपाली राजदूतावासमा श्रम सहचारीका रूपमा श्रम मन्त्रालयका कर्मचारीलाई पठाउने अन्तिम तयारी गरेको छ। परराष्ट्रका कर्मचारीले भने श्रमका कर्मचारीलाई सो पदमा पठाउन नहुने बताउँदै आएका छन्। यद्यपि सामान्य प्रशासन मन्त्रालयले विदेशस्थित नेपाली दूतावासमा श्रम सहचारी राख्नका लागि बनाएको प्रतिवेदन मन्त्रिपरिषद्मा केही दिनअगाडि पठाइसकेको बुझिएको छ। जसअनुसार सरकारले अन्तिम निर्णयो तयारी गरेको थाहा भएको छ।यसबारे श्रम मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद बाँसकोटासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो- सामान्य प्रशासन मन्त्रालयले प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाइसकेको छ र मन्त्रिपरिषद्बाट पास हुन मात्र बाँकी छ।’श्रम प्रवक्ता बाँसकोटाका अनुसार सरकारले तत्काललाई साउदी अरब, कतार, यूर्एइ र दक्षिण कोरिया गरी चार देशमा हाललाई एक-एक जना श्रम सहचारी राख्ने तयारी गरेको छ।दूतावासमा परराष्ट्रका कर्मचारीले मात्र कार्य गर्ने भन्ने सरकारी प्रावधान र परराष्ट्रमा प्रवेश गर्दा लोकसेवा आयोगले लिने कूटनीतिक सेवाको परीक्षा पास गरेर मात्र प्रवेश पाइने प्रावधानलाई कुल्चँदै सरकारले श्रम सहचारीको रूपमा श्रम मन्त्रालयबाट कर्मचारी पठाउन लागेकोमा परराष्ट्रका कर्मचारी असन्तुष्ट देखिएका छन्। परराष्ट्र स्रोतले भन्यो- दूतावासमा कर्मचारी थप्नुपरे परराष्ट्रकै कर्मचारी थप्नुपर्छ, अन्यत्रबाट लग्न पाइँदैन।’ कामदार पठाउँदा होसियारी अपनाउनुपर्ने परराष्ट्रका कर्मचारीको भनाइ पाइएको छ।प्रस्थानबिन्दुमा समाधान नभएको समस्या दोस्रो देशमा गएर गर्न नसकिने तर्क परराष्ट्रको छ। नेपालमै सबै संयन्त्र हुँदा पनि श्रम मन्त्रालयले गैरकानुनी रूपमा कामदार पठाउने कार्य रोक्न नसकेको जनाउँदै स्रोतले भन्यो- परराष्ट्रसँग लिंक गरेर पठाए समग्र दूतावास नै बदनाम हुन्छ। सरकारले श्रमका कर्मचारी श्रम सहचारी बनाएर पठाउने नै हो भने छुट्टै पठाउनुपर्छ।’ सरकारले २०४२ सालमा ५ हजारभन्दा बढी नेपाली कामदार रहेका देशमा श्रम सहचारी राख्ने निर्णय गरेको थियो।

No comments: