अनेसास हङकङ च्याप्टरले पूनर्गठनभएपछि आयोजना गरेको आफ्नो पहिलो कविता गोष्ठी २००८-०९-१५का दिन हङकङको लाम्मा आइलैण्डस्थित बतासेडाँडाको
खुल्ला परिवेशमा उत्साहपूर्वक सम्पन्न गरेको छ । हङकङको सेन्ट्रल फेरीबाट चालीस मिनेटको अवधिको फेरी यात्रा गरी, लगातार एक घण्टा पैदल यात्रापश्चात पुग्ने बतासे डाँडामा हङकङस्थित लगभग दुई दर्जन नेपाली साहित्यानुरागीहरुसहित नेपाली कविहरुको भेला भएको थियो । हङकङमा विभिन्न नाममा विभिन्न साहित्य संस्थाहरु खोलिएका भए तापनि तिनको मूल लक्ष भनेको साहित्यको उत्थानका लागि सेवा गर्नु रहेको लाग्नेमा केही समयपछि त्यो परिभाषाले अर्थ परिवर्तन गरेको बुझ्ने किसिमको हङकङेली नेपाली साहित्यका व्यक्तित्वहरुको उपस्थितिले जनाउने उक्त भेलाले के देखाएको छ भने, हङकङमा दुई धारका साहित्यकारहरुको अस्तित्व रहेकोलाई ससम्मान स्वीकार गर्नु पर्ने भएको छ । त्यसैले मूल धारका जनजाति साहित्यकारहरुको पूर्ण अनुपस्थिति रहेको उक्त बतासे डाँडा कविता वाचनमा नेपाली भाषाका कविहरुको राम्रो उपस्थिति रहेको थियो भन्दा अत्योक्ति नहोला ।
डाँडाको टुप्पोमा भएको उक्त गोष्ठीलाई औपचारिकता दिने क्रममा अनेसासकी सचिव लक्ष्मी राईले कार्यक्रमको सञ्चालन गरेकी थिईन् भने, च्याप्टरका अध्यक्ष मोती
डाँडाको टुप्पोमा भएको उक्त गोष्ठीलाई औपचारिकता दिने क्रममा अनेसासकी सचिव लक्ष्मी राईले कार्यक्रमको सञ्चालन गरेकी थिईन् भने, च्याप्टरका अध्यक्ष मोती
चाम्लिङको सभापति, तथा वरिष्ठ संगीतकार दिनेश सुब्बा, नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, साहित्यकार तथा समाजसेवी ईन्द्र सिं राई आदि अतिथि रहेका थिए । त्यसको लगत्तै सोही स्थानमा र सोही परिप्रेक्ष्यमा आधारित रहेर कविता रच्नका लागि अनेसासले कपी र कलम उपलब्ध गराएको थियो ।
३३ डिग्रीको गर्मीमा अनि एक एक घण्टाको उकालो चढेर त्यस्तो चर्को घाममा अनि आफ्नै खर्चमा उक्त बतासे डाँडामा पुग्ने साहित्यानुरागीहरु अति नै प्रशँसाका पात्रहरु मानिएका छन् । त्यहाँ एसी थिएन, न त जलपानको व्यवस्था थियो, न त आवतजावतका लागि सवारीहरु थिए, तर पनि त्यस्तो गर्मीमा खलखल्ती पसिना काढेर त्यसरी त्यहाँ पुग्नु नै ती नेपालीहरुका मनमा रहेको नेपाली साहित्य, नेपाली भाषाप्रतिको प्रगाढ मायाको प्रदर्शन गरिएको बुझिन्थ्यो भने, झन् सोही कविता वाचनकै लागि भनी सोही स्थानमा कविता रच्नका लागि दायाँ बायाँ छरिएर एकान्त खोज्दै, स्कुलका केटाकेटीहरुले जस्तै जाँचमा बसेको भान जगाउने अवस्थामा उत्साहका साथ लाग्नुलाई तिनको मनमा फैलिइरहने नेपालको मायाको झझल्को रहेको बुझिन्थ्यो ।
बतासे डाँडामा बतासे कविता वाचन गर्नेहरु रोशन लिम्बू, गँगा गुरुङ, नीर खड्का, प्रकाशकृष्ण बाक्सिला, दिनेश सुब्बा, राजेन्द्र कुमार थापा, टँक सम्वाहाम्फे, देव गुरुङ, सुरेन लिम्बू, ईन्द्र सिँ राई, कमल पौडेल, मोती चाम्लिङ, पशन तमु र लक्ष्मी राई थिए । अन्तिममा, त्यस्तो अप्ठ्यारोमा, त्यस्तो गर्मीमा अनि त्यस्तो दुःखका साथ आएर नेपाली साहित्यका लागि कविता वाचन गर्न उत्साहका साथ लाग्ने सबै

नेपाली कविहरुलाई कार्यक्रम आयोजकको तर्फबाट धन्यवाद दिँदै कार्यक्रमका अध्यक्ष मोती चाम्लिङले भेला विसर्जन गरेपछि बतासे डाँडाको कविता वाचन कार्यक्रम समाप्त भएको थियो । लाम्मा आइलैण्डको योङ स्वीइ वानबाट उकालो चढी बतासे डाँडामा गरिएको उक्त भेलाको समाप्तीपछि त्यहाँबाट सो क्यु वान पुगी सामूहिक डिनर गरेर यो वर्षको बतासे डाँडा कविता वाचनको यात्रा समाप्त भएको थियो ।
No comments:
Post a Comment