News

Sep 17, 2008

प्रतिभा प्रतिष्ठान बेलायतको गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,फोस्टोन केन्ट
गत शनीबार १३ सेप्टेम्बरका दिन फोस्टोन केन्टमा बसेको एक ऐतिहासिक भेलाले बेलायतका नेपालीहरु बिच नेपाली कला साहित्य सम्बन्धी पहिलो प्रतिष्ठान नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रारुप गठन गरेको छ । बेलायतमा नेपाली भाषा, साहित्य, संगीत, कला, र संस्कृतीलाई जोगाई राख्न र यसलाई आधिकारीक रुपले संस्थागत गराउन प्रवाशी नेपाली साहित्य समाज प्रभात र नेपाली कला साहित्य तथा संगीत मञ्च यूके दुइ स्वतन्त्र संस्थाहरु प्रतिभा प्रतिष्ठान बेलायतमा रुपान्तरीत भएका छन् । बेलायत भरि छरिएर रहेका नेपाली भाषा र कला साहित्य सम्बन्धी संघ संस्था र समाजहरु तथा बुद्धिजीवी बर्गहरु अनि तमाम र्सजक स्रष्टाहरुलाई पनि प्रतिष्ठानको छातामा सम्बद्ध भईदिन हुन नव गठित प्रतिभा प्रतिष्ठान बेलायतले हार्दिक आहृवान गरेको छ ।
प्रभातका भूतपुर्व अध्यक्ष तथा कवि श्री काजीमान लिम्बू एम.सीको अध्यक्षतामा बसेको सो सम्युक्त भेलाले बिभिन्न ६ बिभागहरु सहितको एक मूल समितिको गठन गरेको छ । सो मूल समितिको पदाधिकारीहरुमा अध्यक्ष साहित्यकार श्री रक्ष र्राई, उपाध्यक्ष कवि श्री काजीमान लिम्बू एम.सी, महासचिव कवि श्री दयाकृष्ण र्राई, सचिव र सहसचिवमा क्रमश गीतकार इश्वर चाम्लीङ र कवि बिरेन्द्र काम्बाङ, कोषाध्यक्ष गायक श्री भूमिराज र्राई र सहकोषाध्यक्षमा गायक किसन रार्इृ हुनुहुन्छ । बैठकले प्रतिष्ठानका बिभिन्न ६ बिभागहरुका संयोजकहरुको पनि चयन गरेको छ । साहित्य बिभाग संयोजकमा साहित्यकार श्री गणेश र्राई, संगीत बिभाग संयोजकमा गायक श्री गणेश पुन, कला बिभाग संयोजकमा उपन्यासकार तथा निर्देशक श्री मुलीबीर र्राई, संस्कृती बिभाग संयोजकमा कवि तथा इतिहास खोजकर्ता श्री टंक वनेम, समाज सेवा बिभाग संयोजकमा कवि श्री रामकृष्ण अकेला र अन्त्यमा प्रकाशन बिभाग संयोजकमा कवि तथा अनुबादक श्री सूर्य र्राई रहनु भएको छ ।

No comments: