News

Sep 17, 2008

मलेसियामा नेपाली युवकको रहस्यमय मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कामका लागि मलेसियामा रहेको दार्चुलाको सिप्टी गाविस वडा ८ का एक नेपाली युवकको त्यहाँ हत्या भएको छ । उक्त गाविसका २२ वर्षीय अकवरसिंह धामीको मलेसियामै हत्या भएको उनका परिवारजनले बताएका छन् ।मलेसियाबाट उनका साथीहरुले परिवारलाई घटनाबारे जानकारी दिएका थिए । उनी बस्ने गरेको कोठाबाहिर बुधबार धामीको शव शंकास्पद रुपमा फेला परेको जानकारी उनका साथीहरुले परिवारलाई टेलिफोन गरी दिएका हुन् । केही महिनाअघि त्यहाँ पुगेका धामी फर्निचर कम्पनीमा काम गर्थे ।

No comments: