News

Sep 7, 2008

चाकडी शैलीप्रति कूटनीतिक असन्तोष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित केही कूटनीतिक नियोगले विदेश भ्रमणका क्रममा राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एकको स्वागत वा बिदाइमा मात्र विमानस्थल जानका लागि खबर गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन्। नेपाल सरकारले भने राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये कसको बिदाइमा विदेशी राजदूतलाई बोलाउने भन्ने निर्णयगरेको छैन। यही विषयमा शनिबार पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूको बैठक बसेको थियो।नेपालमा यसअघि राष्ट्रप्रमुख र सरकारप्रमुखका लागि मात्र विमानस्थलमा स्वागत वा बिदाइका लागि विदेशी राजदूत जाने गरेका थिए। हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ चीन जाँदा वा फकर्ंदा विमानस्थल आउन सरकारले खबर गरेपछि कूटनीतिक नियोगले यस्तो अनुरोध गरेका हुन्। प्रचण्डको स्वागत र बिदाइमा भारतीय राजदूत राकेश सुद र अमेरिकी राजदूत न्यान्सी पावेल उपस्थित थिएनन्।राष्ट्रप्रमुख वा प्रधानमन्त्री विदेश जाँदा वा र्फकंदा कूटनीतिक नियोगका प्रतिनिधि वा राजदूत विमानस्थलमा जानैपर्छ भन्ने नियम नभए पनि यसलाई तत्कालीन राजतन्त्रले एउटा परम्पराका रूपमा स्थापित गरेको थियो। तर त्यसपछिका प्रजातान्त्रिक, लोकतान्त्रिक वा गणतान्त्रिक सरकारले पनि यस क्रमलाई जारी राखेका छन्। विश्वका अधिकांश मुलुकमा राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा जुन देश जाने हो त्यही देशको कार्यवाहक राजदूत मात्र बिदाइ वा स्वागतका लागि जाने गर्दछन्। राजदूत भने स्वागतका लागि सम्बन्धित देशमा नै जाने गर्दछन्।हामीले कूटनीतिक नियोगको अनुरोध सरकारलाई जानकारी गराइसकेका छौं र सरकारले निर्णयगरेर परराष्ट्र मन्त्रालयलाई जानकारी गराउँछ’ -परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। प्रधानमन्त्री प्रचण्ड चीन जाने समयमा पनि परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिज्ञहरूलाई बोलाउन उचित नहुने सुझाव दिएको थियो। तर गृह र रक्षा मन्त्रालयको निर्णया दूतावासहरूमा खबर गरिएको थियो। केही वर्षघिसम्म परराष्ट्रमन्त्री विदेश जाँदा पनि राजदूतहरूलाई बोलाउने परम्परा रहेकोमा चक्रप्रसाद बाँस्तोला परराष्ट्रमन्त्री हुँदा त्यो प्रचलन हटाउनुभएको थियो।सबै राजदूतलाई बटुलेर लाइनमा राखी दुःख दिने परम्परा उचित होइन तर पनि एकैपल्ट हटाउन सकिएको छैन’, परराष्ट्रका ती अधिकारीले भने- यो चाकरी गर्ने शैलीमा लाइनमा लागेर पर्खने क्रम राजदूतहरूलाई मन परेको छैन र यसबारेमा हामीले सरकारको ध्यानाकर्षा गराइसकेका छौं।’स्वागत वा बिदाइका क्रममा सेनाले दिने सलामी (सम्मान गारत) को मूल्य पनि चर्को भएको परराष्ट्रका अधिकारीको भनाइ छ। एउटा सलामीका लागि सेनालाई ७५ हजार रुपियाँ तिर्नुपर्छ र यो अनुचित हो’ -उनले भने।

No comments: