News

Sep 7, 2008

तमलोपाले जनपरिचालन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वायत्त प्रशासनसहितको पूर्ण स्वायत्त मधेस प्रदेशको माग पूरा गराउन तराई मधेस लोकतान्त्रिक पार्टीले जनपरिचालन गर्ने निर्णय गरेको छ । स्वायत्त प्रशासनसहितको पूर्ण स्वायत्त मधेस प्रदेशको माग पूरा गराउन तरतराई मधेस लोकतान्त्रिक पार्टीले स्वायत्त प्रशासनसहितको पूर्ण स्वायत्त मधेस प्रदेशको माग पूरा गराउन जनपरिचालन गर्ने भएको छ । संविधानसभाको पाँचौ ठूलो दलले आफ्नो केन्द्रीय समितिको दुई दिने बैठक सकिएको भोलीपल्ट भदौ २२ गते पत्रकार सम्मेलन गर्दै तराई मधेसको हितमा सन्तुलित संविधान निर्माणका लागि दबाब दिन पनि आफ्नो जनपरिचालन केन्द्रित हुने जानकारी दियो ।
सिंहदरवारस्थित आफ्नो संसदीय दलको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तमलोपका अध्यक्ष महन्थ ठाकुरले गत फागुन १६ गते माओवादी, नेपाली कांग्रेस र एमालेसँग मधेसवादी दलहरुको भएको सम्झौता कार्यन्वयन हुनेमा आशंका बढेका कारण जनपरिचालन कार्यक्रम ल्याइएको बताए।
अध्यक्ष ठाकुरले शान्ति तथा पुनर्संरचना मन्त्रालय गठन गरिएको पनि सरकारको तीब्र आलोचना गरे । 'पुनर्संरचना जनताको राय अनुसार गर्नुपर्छ' ठाकुरले भने, 'खाँचो नभएको मन्त्रालयलाई तुरुन्त खारेज गर्नुपर्छ ।' प्रधानमन्त्रीको चुनावमा तमलोपाले पुष्पकमल दाहाल प्रचण्डलाई मत दिए पनि सरकारमा नजाने घोषणा गरेको थियो ।

No comments: