News

Sep 19, 2008

अर्थमन्त्रीले कुल दुइ खर्ब ३६ अर्बको बजेट प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका­-संसदको शुक्रबारको बैठकमा अर्थमन्त्री डा.बाबुराम भट्टराइले चालु आर्थिक वर्ष ०६५।६६ का लागि कुल दुइ खर्ब ३६ अर्बको बजेट प्रस्तुत गर्नुभयो । अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको उक्त बजेटमा कुल खर्चमध्ये चालु खर्चतर्फ एक खर्ब २८ अर्ब ५१ करोड ६५ लाख, पुँजीगत खर्चतर्फ ९१ अर्ब ३१ करोड एक लाख र साँवा भुक्तानीतर्फ १६ अर्ब १८ करोड ९३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।उक्त बजेट रकम आर्थिक वर्ष ०६४।६५ को कुल विनियोजनको तुलनामा ३९ दशमलव ७ प्रतिशतले र संशोधित खर्चको तुलनामा ४४ दशमलव ५ प्रतिशतले बढी छ । संशोधित खर्चको तुलनामा चालु खर्चतर्फ ४० दशमलव ६ प्रतिशत तथा पुँजीगत खर्चतर्फ ६४ दशमलव ५ प्रतिशत बढी रहेको र साँवा भुक्तानीतर्फ एक प्रतिशतले घटी छ ।कुल खर्चमध्ये साधारण प्रशासनतर्फ एक खर्ब ११ अर्ब ८२ करोड ४९ लाख अर्थात ४७ दशमलव ३८ प्रतिशत र विकास कार्यक्रमसँग सम्बन्धित खर्च एक खर्ब २४ अर्ब १९ करोड नौ लाख अर्थात ५२ दशमलव ६२ प्रतिशत प्रस्ताव गरिएको छ ।चालु वर्ष अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वको वर्तमान स्रोतबाट एक खर्ब २९ अर्ब २१ करोड पाँच लाख व्यहोरिने, वैदेशिक अनुदानबाट ४७ अर्ब नौ करोड ३२ लाख र वैदेशिक ऋणबाट रु.१८ अर्ब ७० करोड छ लाख गरी कुल .६५ अर्ब ७९ करोड ३८ लाख रुपैयाँ वैदेशिक सहयोगबाट व्यहोरिने तथा यी दुवै स्रोतबाट परिचालन गर्दा पनि ४१ अर्ब एक करोड १६ लाख रकम न्यून हुन जाने बजेट वक्तव्यमा उल्लेख छ ।

No comments: