News

Sep 19, 2008

कर्मचारीको तलबमा दुइ हजार रुपैयाँका दरले तलब वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले चालु आर्थिक वर्षको असोज महिनादेखि लागू हुने गरी सबै तहका कर्मचारीको तलबमा दुइ हजार रुपैयाँका दरले तलब वृद्धि गरेको छ । व्यवस्थापिका-संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च राखी सुशासन प्रवर्द्धन गर्न वर्तमान तलबमानमा सबै श्रेणीका लागि २०६५ साल असोज १ गतेदेखि लागू हुने गरी मासिक दुइ हजार रुपैयाँका दरले तलब वृद्धि गरिएको जानकारी दिनुभयो ।श्रेणीगत तलबमानमा देखिएको विसंगति हटाउन केही श्रेणीको तलबमान समायोजन गर्न प्रस्ताव गरिएको, प्रस्ताव गरिएको तलब सुविधामा सुधारको प्रस्ताव तत्कालीन समाधानको उपायमात्र भएको र यो विषयलाई प्रशासन पुनसंरचना आयोगले अध्ययन गरी तलब सुविधाको वैज्ञानिक पद्धति सिफारिस गर्ने बजेटमा प्रस्ताव गरिएको छ ।बजेट प्रस्तावमा संवैधानिक पदाधिकारी, नेपाल सरकारका विभिन्न सेवाका सरकारी कर्मचारी, विश्वविद्यालय तथा विद्यालयका शिक्षक एवं कर्मचारी, सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारी, निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीले आर्जन गर्ने पारिश्रमिकबाट २०६५ साल पुस महिनाको एक दिनबराबरको पारिश्रमिक कट्टा गरी युवा स्वरोजगार कोषमा जम्मा गरिने तथा यसरी संकलन भएको रकम रोजगार प्रवर्द्धन कार्यमा उपयोग गरिने उल्लेख छ ।

No comments: