News

Sep 3, 2008

'शान्ति प्रक्रियालाई तीन महिनाभित्र पूरा गर्छौं' - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारको प्राथमिकता भनेको शान्ति प्रकियालाई निष्कर्षमा पुर्‍याउनु रहेको उल्लेख गर्दै यो प्रक्रियाको सुरुआत तीन महिनाभित्र गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले उक्त प्रतिबद्धता बिबिसी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा व्यक्त गनर्नुभएको हो । शान्ति प्रक्रिया जनताले बुझ्ने र देख्ने गरी पूरा गर्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले संविधान निर्माण प्रक्रियालाई तीन महिनाभित्र नयाँ गति दिने बताउँदै सरकारको नीति, कार्यक्रम र बजेटमार्फत जनतालाई तत्काल राहत, दीर्घकालीन उद्देश्य र नयाँपनको अनुभूति तीन महिनाभित्र गराउनेछाँ भन्नुभयो । प्रधानमन्त्री दाहालले शान्ति सम्झौतामा भएको सहमति र अन्तरिम संविधानले बनाएको मान्यताका साथै त्यसपछिका सम्झौतामा सेना समायोजन र पुनस्थापनाबारे जसरी सहमति भएको छ त्यही प्रक्रियामा अघि बढ्ने बताउनुभयो ।उहाँले भन्नुभयो- सबै संयमित भएर यो राष्ट्रलाई समृद्ध र शान्तिपूर्ण राष्ट्र बनाउन एकजुट हुनुपर्ने अवस्था भएकाले अहिले आपसमा कटुता पैदा गर्ने काम गरे राष्ट्रले धेरै दुख पाउने छ र राष्ट्रको अस्तित्वमा समेत आँच आउने खतरा छ ।सबै माओवादी नेताले व्यक्तिगत सम्पत्ति नराख्ने भनेर आफ्नो सबै सम्पत्ति पार्टीलाई दिएका थिए, प्रधानमन्त्रीको रुपमा तपाईँले पाउने तलब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो- त्यो देश र जनताकै निम्ति हुन्छ । आजभन्दा सातवर्ष अगाडि नै हामीले एउटा निर्णय गरेका थियाँै केन्द्रीय कमिटीको कोही पनि व्यक्तिले व्यक्तिगत सम्पत्ति नराख्ने भन्ने । त्यसकारण मेरो तलब पनि सामान्य भरणपोषणबाहेक पार्टी कोषमै जान्छ ।उहाँले जबसम्म कोही पनि सेना, प्रहरी अथवा कर्मचारी राष्ट्रको पक्षमा, नेपाली जनताको पक्षमा, लोकतन्त्र, शान्ति र परिवर्तनको पक्षमा इमान्दार रहन्छ, कसैले असुरक्षित महसुस गर्नुपर्दैन भन्दै कसैप्रति पनि पूर्वाग्रह नराखिने स्पष्ट गर्नुभयो । आफ्ना लडाकुलाई कसरी मिलाउनुहुन्छ भन्ने एक अर्का प्रश्नको उत्तरमा प्रधानमन्त्री दाहालले भन्नुभयो- नेपालमा शान्तिप्रक्रिया आफ्नै मौलिक विशेषताअनुसार अघि बढेको छ, यो कसैको फोटोकपी वा यान्त्रिक नक्कल छैन, नेपाली विशेषताअनुसार, हामी आफ्नै सिर्जनात्मकतामा शान्तिप्रक्रियालाई एउटा नमुना बनाउन चाहिराखेका छौँ, मैले नेपाली सेनाका प्रमुखदेखि जति कमान्डरहरूसँग व्यवहार गरेको छु, उहाँहरूमा पनि यो देशलाई शान्तिपूर्ण समृद्ध बनाउने प्रतिबद्धता र गम्भीर जिम्मेवारीबोध छ, हामीले एउटा वैज्ञानिक आधार खडा गरिसकेका छौँ भने यसलाई एउटा निष्कर्षमा पुर्‍याउन सकिँदैन भन्ने मलाइ लाग्दैन ।­तपाईंलाई नेपाली सेनामा त्यत्रो धेरै विश्वास भए सुरुमै आफ्नो सुरक्षामा माओवादी सेना पनि खटाएर नेपाली सेनापति अविश्वास गरेजस्तो किन देखाएको त भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो- मैले देखाएकै हैन । नेपाली सेना, जनसेना, अथवा प्रहरी, सशस्त्र प्रहरी कसैप्रति मैले अलिकति पनि आशङ्का देखाउन चाहेको पनि हैन । अहिले नेपाली सेना र क्यान्टोन्मेन्टनमा रहेका जनसेना र मेरो सुरक्षामा भनेर दुइ वर्षेखि नयाँ बजारमा रहेका सशस्त्र प्रहरी र जनसेनाका कमाण्डर अथवा योद्धा सबै हामीसँगै बसिरहेको सन्दर्भमा यसलाई प्राविधिकरुपमा कसरी हल गर्ने भन्ने एउटा मुद्दा हो । कसैप्रति शङ्का वा कसैलाई हिम्युलियसन फिल नहोस्, जनसेनालाई पनि अब प्रधानमन्त्री भइसकेपछि हामी टुहुरा भयाँै भन्ने नहोस्, नेपाली सेनालाई पनि प्रधानमन्त्री अविश्वास गरेको हो किन भन्ने नपरोस, म यसमा असाध्यै बढी संवेदनशील छु । यहाँसम्म आइपुग्दा नेपाली सेनाले र क्यान्टोमेन्टमा रहेका र मेरो सुरक्षामा खटिएका जनसेनाले कुरा राम्रोसँग बुझिसकेका छन् । बडो जिम्मेवारी र इमान्दारीका साथ यो प्रक्रिया अगाडि बढेको छ ।उहाँले क्यान्टोनमेन्टमा १९/२० हजार माओवादी लडाकु जो छन् त्यसमध्ये कति नेपाली सेनामा जालान् र अरु कति कुन किसिमले व्यवस्थापन गर्ने विचार गर्नुभएको छ भन्ने अर्को प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घद्वारा भेरिफिकेसन भएर त्यहाँ जति बसिरहेका छन् पुनस्थापना र समायोजनका निम्ति योग्य छन् । हामीले गरेको पछिल्लो सातबुँदे सहमतिअनुसार यदि कुनै जनसेनाको योद्धा म घर फर्कन चाहन्छ, घरमा गएर पेसा गर्न चाहन्छु भन्छ भने त्यो स्वतन्त्रता जनसेनाका प्रत्येक योद्धालाई हुनेछ भन्ने सहमति भइसकेको जानकारी दिनुभयो ।उहाँले त्यो प्रक्रियालाई निर्देशित गर्ने र टुङ्गोमा पुर्‍याउने कुरा आखिरमा सरकारमा सहभागी सबै पार्टीको विशेष समितिले छलफल गरेर बनाएको संयन्त्र अनुसार नै हुन्छ भन्दै यति नै सङ्ख्या समायोजन हुन्छ, यति नै घर जान्छन्, यति योग्य, यति अयोग्य हुन्छ भनेर भन्नसक्ने स्थितिमा म छैन भन्नुभयो । उहाँले पूर्वराजालाई कहिलेसम्म नागार्जुन दरबारमा राख्ने भन्ने विषयमा छिट्टै मन्त्रिपरिषदमा छलफल गर्ने जानकारी पनि दिनुभयो । दरबार हत्याकाण्डको छानबिन के फेरि गर्ने हो भन्ने प्रश्नको जवाफमा उहाँले यो विषय संविधान निर्माण प्रक्रियामा कहीँ न कहीँ उठ्छ र त्यसलाई नयाँ ढङ्गले लिनुपर्ने अवस्था आउँछ । किन कि जनताको मनमा दरबार हत्याकाण्डबारे अहिले पनि गम्भीर प्रश्न छन् । त्यसको चित्त बुझ्दो जवाफ पाएको छैन । त्यसकारण त्यसको गहिराइमा गएर छानबिन हुनर्ुपर्छ भन्दै गृहयुद्धको परिस्थिति खुलेआम राजनीतिक उद्देश्यका साथ चलेको हो,जनआन्दोलन भन्नु र दरबार हत्याकाण्ड एउटै प्रकृतिको होइन, संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले त्यो द्वन्द्वको औचित्य सिद्ध गरिदियो तर दरबार हत्याकाण्डको औचित्य जनताले सिद्ध गरेको छ त कहीँ भन्ने प्रत्रि्रश्न गर्नुभयो ।चीनमा ओलम्पिक खेलकुद नभएको भए पनि तपाईंले पहिलो विदेश भ्रमण चीनकै गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो- यो काल्पनिक प्रश्न नगर्दा राम्रो हुन्छ । किनभने चीनमा ओलम्पिक भयो । हाम्रो आफ्नो छिमेकी देशमा भएको ओलम्पिक उद्घाटनमा पनि जान सकेनाँ । समापनमा पनि नजाँदा गल्ती हुन्छ भनेर म गएँ । अब त्यो नभएको भए के हुन्थ्यो भन्ने मलाई अहिले जति सहज भएको छ त्यही सहज हुन्थ्योजस्तो मलाइ लाग्दैन । माओ तपाईंका लागि प्रेरणादायी व्यक्तित्व भएको हुनाले तपाईंलाई चीन जाने नै रहर त थियो होला नि भन्ने प्रश्नमा "हामी माओवादी हुनुको नाताले एउटा भावनात्मक लगाव थिएन भन्नु पनि नाटकै हुन्छजस्तो लग्छ, तर त्यसको अर्थ त्यसको राजनीतिक हिसाब गरेर हाम्रो भूराजनीतिक अवस्थालाई ख्याल नगरीकन भावनामा मात्रै बग्ने भन्ने कुरा हुँदैनथ्यो" भन्नुभयो ।सन् १९५० को नेपाल भारतको सन्धिको समीक्षाका सन्दर्भमा गरिएको प्रश्नमा उहाँले राणकालपछि ठूलठूला परिवर्तनको प्रकृया हुँदै अहिले नेपाल गणतन्त्रमा आइपुग्यो र हाम्रा सोच र भारतको सरकारका सोच नितान्त नयाँ ठाउँमा विकास भइसकेका छन्, त्यो परिस्थितिमा १९५० को सन्धिलाई स्पष्ट रुपमा पुनरावलोकन गरिनुपर्छ, त्यसलाई त्यही रुपमा राख्न नसकिने बताउनुभयो ।उहाँले आफू संयुक्त राष्ट्रसङ्घको साधारणसभा अगाडि जान्छु भारत जाने कुरा एक अर्को प्रश्नको उत्तरमा दिनुभयो । तपाइले विभिन्न शक्ति केन्द्रले माअवादीलाई सरकारमा जान रोकिरहेका छन् भन्नुभएको थियो ती शक्ति त अब परास्त भएछन् है भनी गरिएको जिज्ञासामा उहाँले भन्नुभयो- माओवादीले नजितेर, यति धेरै सिट नल्याएर अन्य पार्टीले ल्याएको भए हप्ता दिनभित्र सरकार बन्न केही चिजले रोक्ने थिएन, माओवादीले जितेको हुनाले चार महिना लाग्यो सरकार बनाउन । कहीँ न कहीँ त्यो भित्रका उतारचढावहरू त्यो भित्रका घुम्ती मोडहरू विभिन्न प्रवृत्तिसँग सम्बन्धित थिए ।तपाइहरूकै शब्दमा भन्दा ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने, अनि उपयोग गर्ने भन्ने नीतिलाई जुन व्याख्या गरिन्छ त्यसमा तपार्इंहरू व्यक्तिगतरुपमा खुव सफल भएको जस्तो लाग्छ होला हगि, किनभने राजालाई ढाल्नुभयो, गिरिजाप्रसाद कोइरालालाई पनि ढाल्नुभयो हैन भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो- मैले हाम्रा आफ्ना विचारहरू प्रयोग गर्दा कहीँ कार्यनीतिमा कहिले कसैसँग सहमति गर्नुपर्ने कहिले कसैसँग सम्झौता गर्नुपर्ने कहिले कसैसँग सङ्घर्ष बढाउनुपर्ने अवस्था रहृयो । तर यो मेरो कुनै षडयन्त्र नभएर एकदम सिधा हामीले बुझेको दर्शन, द्वन्द्वात्मक भौतिकवादअनुसार मुख्य दुश्मनलाई परास्त गर्नका लागि अरु सबैसँग मिल्नुपर्छ भन्ने नै हो । त्यतिबेला राजासँग हाम्रो वास्तवमा कुनै कटुता शत्रुता थिएन । तर दरबार हत्याकाण्डपछि तथाकथित जो राजा बनेर आए उनीसँग हाम्रो अन्तरविरोध चर्केर गयो । अनि हामीले संसदवादी पार्टीसँग अलिकति नजिक भएर जानुपर्छ । यसले सबै लोकतन्त्रवादीलाई निल्न खोज्या छ भन्ने हामीलाई लाग्यो । अनि हामीले एउटा सहमति बनायाँ । त्यसकारण अहिले पनि हामीले जे गरी राख्या छौँ देशका पक्षमा, जनताको पक्षमा, प्रगतिको पक्षमा हाम्रा कार्यनीति र रणनीतिलाई प्रयोग गरेका छाँ । उहाँले अर्को एक प्रश्नको उत्तरमा आफ्नो पार्टीको अधिकतम लक्ष्य समाजवादबाट साम्यवाद हो भन्नेमा कुनै अन्यौल छैन, तर अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।दुइ अढाइ वर्ष पछिको निर्वाचनमा तपाइहरूले बहुमत पाउनुभयो भने चाहिँ जनगणतन्त्रमा जाने सम्भावना त्यहाँनिर रहन्छ किन भने त्यो प्रजातान्त्रिक ढङ्गबाट जनताको समर्थन प्राप्त भएर स्थापित गर्न खोजिएको व्यवस्था भयो होइन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो- यसलाई कुनै प्रोभोकेटिम ढङ्गले बुझ्न जरुरी छैन । अहिले हामीले संविधान निर्माणको प्रकृयामा त्यो संविधान नेपालका मजदुर किसान यो देशमा सबै उत्पिडीत वर्ग जाति क्षेत्र लिङ्गका हीतको प्रतिनिधित्व गर्ने सङ्घीय बनोस् भन्ने हाम्रो कोशिश हुन्छ भने बढीभन्दा बढी जनगणतन्त्रको नजिकको संविधान बनोस् । ताकि भोलि त्यसले जनताको, मजदुर, किसानको हितको प्रतिनिधित्व गरोस् । त्यो संविधानले समाजवाद, र साम्यवादतिर जानको निम्ति मार्ग प्रशस्त गर्छ भन्ने म ठान्छु । ­प्रधानमन्त्री भएपछि पनि पार्टी अध्यक्ष पद नछोड्ने भनिराख्नु भाछ, किन भन्ने प्रश्नमा भन्नुभयो- प्रधानमन्त्री भएपछि पार्टी अध्यक्ष छोड्नुपर्छ भन्ने दुनियाँमा कुनै त्यस्तो नियम पनि छैन । हाम्रो पार्टी भनेको एकीकृत र केन्द्रीकृत नेतृत्व हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो । त्यसकारण सरकारमा जाँदा पार्टी छोड्ने र पार्टी हुँदा सरकार छोड्ने वा यो जिम्मेवारी लिँदा ऊ जिम्मेवारी छोड्ने भन्ने हुँदैन । हो कार्यविभाजनमा फरक हुन्छ । म प्रधानमन्त्री भएको कारणले मन्त्रिमण्डल वा सरकारका कामहरू गर्नुपर्ने भएकाले मैले पार्टीको सङ्गठनात्मक काममा त्यति धेरै समय दिन सक्दिन । अर्को कमरेडले त्यो जिम्मेवारी बढी लिनुपर्छ । त्यसको अर्थ अध्यक्ष छोड्नु पर्ने अथवा अर्को हुने भन्ने कुरा हुनसक्दैन । त्यो पार्टीको आधारभूत मान्यता सिद्धातविपरीत हुन्छ । तपाइले कान्तिपुर र काठमाडौँ पोस्टलाई दिएको अन्तर्वार्तामा हामी त महात्मा गान्धी बन्ने, राजनेता बन्ने सरकारमा नजाने भन्नुभएको थियो, तर सरकारमै जानकै लागि तपाईहरू असीनपसीन हुनुभयो भन्ने प्रश्नमा उहाँले यो सरकार नयाँ संविधान बनिसकेपछिको होइन । नेपालमा जबसम्म जनताको संविधान बनिसक्दैन, एउटा स्थिर र स्थायी स्थिति र सरकार बन्दैन तबसम्म नेपाली जनताको परिवर्तनको सङ्घर्ष जारी रहन्छ । त्यस अर्थमा परिवर्तित रुपमा यो सङ्घर्षको मोर्चामात्रै बदलिएको छ । संविधानसभाभित्र पनि बहस चल्छ । हामीले क्रान्ति सफल भयो र संविधान बनी स्थायी प्रक्रियामा देश गयो भने पछि एउटा नेता सरकारमा बसिरहनु पर्ने प्रधानमन्त्री वा राष्ट्रपति भइरहनु पर्छ भन्ने छैन भन्नुभयो ।तपाइको सरकार कति टिक्ला जस्तो लाग्छ भन्ने प्रश्नमा भन्नुभयो- यो संविधान बनाउने र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनेसम्म त टिक्छ, अब त्यति मात्रै हैन अर्को निर्वाचनमा हाम्रो स्पष्ट बहुमत आशा गर्छु, दुइ तिहाइ बहुमत नै आउँछ । हामी जनता र देशप्रति समर्पित छौँ । त्यसकारण जनता र हाम्रो सम्बन्धलाई कसैले पनि टुटाउन सक्दैन । सक्थ्यो भने हामी यहाँसम्म पनि आउने थिएनौँ- एक प्रश्नमा उहाँले भन्नुभयो ।

No comments: