News

Sep 3, 2008

प्रधानमन्त्री उद्धार कोषमा करिब ६ करोड जम्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीको डुवान पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबारसम्म विभिन्न निकाय, सङघ, संस्था तथा व्यक्तिहरूबाट पाँच करोड ९८ लाख ९६ हजार २६५ र पैसा १६ आर्थिक सहयोग जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त जानकारी अनुसार विभिन्न संस्थाहरु, कर्मचारी, परोपकारी संस्था लगायतबाट सहयोग प्राप्त भएको हो ।कोसी नदीको तटबन्ध फुटेर बाढी पसेपछि सुनसरीका चार गाउँ पूर्ण रुपमा डुबानमा परेका थिए । ती गाउँका हजारौं विस्थापितलाई शिविरहरु खडा गरी अस्थायी बसोबासका लागि राखिएको छ । प्रधानमन्त्री कोषमा जम्मा भएको रकम पीडितको पुनस्थापना लगायत काममा खर्चने जनाइएको छ ।

No comments: