News

Sep 3, 2008

परपुरुषसँग यौनसंसर्ग गर्नु गैरकानुनी नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैवाहिक सम्बन्ध विच्छेदको लागि प्रक्रिया चलिरहेको समयमा परपुरुषसँग यौनसंसर्ग गर्नु गैरकानुनी नहुने निर्णय दक्षिण कोरियाको सर्वोच्च अदालतले सुनाएको छ। वैवाहिक सम्बन्ध विच्छेदको कानुनी प्रक्रियामा अगाडि बढिरहेकी एक महिलासँग अर्को पुरुषले गरेको यौनसम्पर्कको सवाललाई दक्षिण कोरियाको तल्लो अदालतले ६ महिनाको जेल सजाय सुनाएको विरोधमा सर्वोच्च अदालतमा गरिएको अपिलको सम्बन्धमा उक्त निर्णय अदालतले गरेको हो। ती महिलाको वैवाहिक सम्बन्धले निरन्तरता पाउने सम्भावना नभएको कारण परपुरुषसँग सम्बन्ध गाँस्नु गैरकानुनी हुँदैन भनी अदालतले निर्णय सुनाएको छ। दक्षिण कोरियामा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्ने काम गैरकानुनी मानिन्छ। त्यसरी सम्बन्ध राख्नेहरूलाई दुई वर्षसम्म कारावासको सजाय तोक्न सकिने कानुनी व्यवस्था छ।

No comments: