लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न अभियोगमा जेलजीवन बिताउँदै आएका झन्डै ३ सय कैदी मुलुकभरका कारागारबाट भाग्न सफल भए पनि भागेकामध्ये केहीलाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको पाइएको छ। आर्थिक वर्ष२०६०/६१ देखि हालसम्म कारागार, प्रहरी थुनुवा केन्द्र र अस्पतालमा उपचार गराउने क्रममा भाग्ने कैदीहरूको संख्या ३ सय भएको प्रहरी प्रधान कार्यालय र कारागार व्यवस्था विभागको तथ्यांकबाट देखिएको छ।यति ठूलो संख्यामा अपराधीहरू फरार भए पनि प्रहरीले भगौडा कैदीहरूलाई पक्राउ गर्न नसक्नुको कारण नेपाल-भारतबीचको खुला सिमाना र भाग्ने कैदीहरूलाई राजनीतिक संरक्षण हुनु नै रहेको प्रहरीको भनाइ छ। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एक अधिकृत भन्छन्- सरकारको नीति नै गलत छ। जनसंख्या वृद्धिदरसँगै प्रहरीको दरबन्दी नबढाइनु, अपराध रोकथामका लागि मात्रै प्रहरी परिचालन गर्नु र फरार भएका कैदीका बारेमा केही नबोल्नुले पनि फरार हुने कैदीको संख्यामा वृद्धि भएको हो।बितेको पाँच वर्षा सबैभन्दा बढी कैदीहरू २०६१ माग २७ गते कैलाली कारागारबाट १ सय ३५ जना जेल तोडेर फरार भएका थिए। त्यस्तै २०६१ फागुन २१ गते नेकपा (माओवादी) ले इलामको सदरमुकाम आक्रमण गर्दा ३३ कैदी फरार भएकोमा हालसम्म एक जना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ।त्यसै गरी २०६२ असार ५ गते माओवादीले खोटाङको सदरमुकाम आक्रमण गर्दा ३० जना कैदी फरार भएकोमा प्रहरीले उनीहरूलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।त्यसै गरी २०६० साल चैत ७ गते नेकपा (माओवादी) ले म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण गर्दा २५ कैदी कारागारबाट भागेका थिए। त्यस्तै २०६१ भदौ २६ गते कञ्चनपुरको कारागारबाट प्रहरीलाई छक्याई १९ जना कैदी फरार भएका थिए।त्यस्तै झापाबाट २०६३ जेठ २० गते दुइ जना, संखुवासभा कारागार तोडी २०६१ वैशाख ३१ गते सात जना, भोजपुर कारागारबाट २०६१ फागुन १ गते एक जना, सप्तरी कारागारबाट २०६४ वैशाख १५ गते एक जना, ओखलढुंगा कारागारबाट २०६३ वैशाख १० गते नौ जना कैदी फरार भएका थिए।त्यस्तै महोत्तरी कारागारबाट २०६२ कात्तिक २४ गते जेल तोडी एक जना, नवलपरासी कारागारबाट २०६३ असार ३१ मा एक जना, कपिलवस्तु कारागारबाट २०६३ भदौ १२ मा ६ जना, बाँके कारागारबाट २०६३ भदौ ५ मा एक जना, रुकुम कारागारबाट २०६३ मंसिर ९ गते एक जना, कैलाली कारागारबाट २०६३ माघ १३ मा एक जना, डँडेलधुरा कारागारबाट २०६४ वैशाख २३ गते नौ जना कैदी जेल तोडी फरार भएका थिए।त्यस्तै २०६५ मा काठमाडौंमा पाँच जना, भक्तपुरबाट दुइ जना, ललितपुरबाट तीन जना कैदी फरार भएका छन्।विगतको द्वन्द्वका कारण विस्थापित भएका प्रहरी चौकीहरू पुनः स्थापना हुन ढिलाइ हुनु र तोकेजति दरबन्दी नहुनाले पनि फरार कैदीहरूलाई पक्राउ गर्न कठिनाइ भएको प्रहरी प्रधान कार्यालयको दाबी छ।प्रहरीका अनुसार यसरी फरार हुने अधिकांश कैदी लागू औषध, कर्तव्य ज्यान, जबर्जस्ती करणी, ठगी, डाँका मुद्दाका रहेका छन्।प्रहरीले राजधानी उपत्यकाबाट फरार भएकामध्ये तीन जना र देशभरका जेलबाट फरार भएका २५ कैदीलाई पुनः पक्राउ गर्न सफल भएको छ। फरार कैदीमध्ये ६ जना महिला रहेका छन् भने बाँकी पुरुष रहेका छन्।

No comments:
Post a Comment