News

Sep 9, 2008

नीति तथा कार्यक्रम पारित मन्त्री परिषद बैठकले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवमार्फत संसदमा पेश हुने सरकारको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकले पारित गरेको छ । मन्त्री परिषदको बैठकले संसदमा राष्ट्रपति डा. रामवरण यादवमार्फत पेश हुने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । भदौ २४ गते सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा बसेको मन्त्री परिषदको बैठकले पारित गरेको सरकारको नीति तथा कार्यक्रम ८० देखि ९० बुँदाको रहेको संचारमन्त्री तथा सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताए । भदौ २३ गते बसेको सरकारमा सहभागि दलहरुको बैठकमा सहमति नभएपछि नीति तथा कार्यक्रमबारे निर्णय हुनसकेको थिएन । नीति तथा कार्यक्रमका लागि माओवादीले ६९ बुँदे र एमालेले ५० बुँदे प्रस्ताव ल्याएका थिए ।
मन्त्री महराका अनुसार, सरकारले आजै नीति तथा कार्यक्रम संविधानसभा सचिवालयमा दर्ता गराउने छ । भदौ २५ गते बिधायिकाकोरुपमा बस्नलागेको संविधानसभा बैठकमा राष्ट्रपति डा. रामवरण यादवले उक्त नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

No comments: