News

Sep 10, 2008

चीनसँगको नाका खुलाउन प्रधानमन्त्रीसित आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको सीमावर्ती किमाथाङ्का नाका बन्द भएको लामो समय बितिसक्दासम्म नखुलेपछि संखुवासभाका चार राजनीतिक पार्टीले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पर्ठाई नाका खुलाउन माग गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय, संखुवासभामा सम्पन्न सर्वदलीय बैठकले यस्तो निधो गरेको हो ।बैठकमा नेपाली काङ्ग्रेसका पार्टी सचिव दीपन श्रेष्ठ, एमालेका पार्टी सचिव उमेशकुमार डाँगी र माओवादीका आर्जु किरातीलगायत प्रतिनिधि रहेका थिए । बैठकमा यस वर्षको बडादसैँ पर्वका अवसरमा दुर्गम विकट हिमाली चार गाविस हटिया, किमाथांका, पावाखोला र चेपुवाका जनतालाई तत्काल खाद्यान्न उपलब्ध गर्राई त्यसको अनुगमनसमेत गर्ने सहमति भएको निमित्त स्थानीय विकास अधिकारी रवीन्द्र बस्तीले बताउनुभयो ।

No comments: