News

Oct 1, 2008

हङकङमा सभासद लिङदेनलाई लिरामोले भेट गरयो

लिम्वूवान डट व्लगस्पोट डटकम, हङकङ
२३ सेप्टेम्वर २००८ को वेलुका जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा लिम्वुवान राष्ट्रिय मोर्चाले सभासद विश्वदिप लिङदेनसंग भेटघाट गरेको थियो । उक्त अवसरमा प्रश्नोत्तरको क्रममा लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले लिरामोको लिम्वुवान सम्वन्धी दस्तावेज प्रदान गर्नुभएको थियो । त्यस्तै उहा मार्फत गोपाल खम्वुलाई पनि उक्त दस्तावेज हस्तान्तरण गरिएको थियो । साथै वोल्ने क्रममा लिङदेनले लिम्वुवान राज्य दक्षिणमा राजमार्गसम्म मात्र हुनेछ भनेको कुरालाई खण्डन गर्दै लिरामो अध्यक्ष पालुङवाले लिम्वुवान भनेको पूर्वमा मेची, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत चीन र दक्षिणमा भारतसम्म भएको ऐतिहासिक आधार भएकोले उक्त आधारमा लिम्वुवान हुनुपर्ने हुदा कसैले लिम्वुवानको इतिहास तथा ऐतिहासिकतालाई विगार्दै लिम्वुवान टुक्य्राउन खोजेमा परिणाम नराम्रो आउने विचार राख्नुभयो । यदि आवश्यक परेमा वन्दुक उठाउनुपर्ने वाध्यता पनि आउने कुरा र्सार्वजनिक गर्नुभयो । त्यस्तै माओवादीलाई टुके्र लिम्वुवानको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो । सभासद लिङदेनले माअेवादी नेता वादलको उल्लेख गर्दै वादलले पहिले गोर्खाली मगर सैन्यहरुले लिम्वुवानमा गरेको आक्रमणप्रति माफी मागेको कुरालाई अध्यक्ष पालुङवाले यदि वादलले साच्चै माफी माग्ने हो भने टुके्र लिम्वुवान होईन अरुण पूर्वको मेचीसम्मको भूभागलाई लिम्वुवान प्रस्ताव गरेमा मात्र उहाको माफीको सार्थकता रहने कुरा व्यक्त गर्नुभयो । सभासद लिङदेनले कोचीलहरु पनि पिडित भएकोमा उहाहरुलाई पनि लिम्वुहरुले उक्त ठाउ छोडिदिनुपर्ने कुराको खण्डन गर्दै इतिहास देखिनै लिम्वुहरुले भावनामा डुवेर कार्य गरेकोले आफ्नो राज्य गुमाएको, पहिचान र अस्तित्व संकटमा परेको अवस्था आईपरेकोले अव हाम्रो भूमि अरुलाई वाडचुड गर्ने होईन । वरु अधिकार दिन सकिन्छ लिम्वुवान जनतालाई उहाले व्यक्त गर्नुभयो ।
प्रश्नोक्तरको क्रममा लिरामो महासचिव अविचन्द्र इङनामले लिरामोको अवधारणमा अन्य जातिलाई पनि समान ढंगले हेरिनेछ भने सरकारको लिम्वुवान प्रतिको धारणा वमोजिम हतियार उठ्ने नउठ्ने कुरा हुने वताउनुभयो । साथै यसलाई कसैले खेलाची नसम्झन आग्रह गर्नुभयो ।अर्का प्रश्नकर्ता लिम्वुवान विकास परिषदका अध्यक्ष प्रकाश यक्सोले कोचे, मेचे तथा राजवंशीहरु आसामवाट लिम्वुवानमा आएकाले उनीहरुलाई लिम्वुवान टुक्य्राएर कोचिला दिन नसकिने कुरा व्यक्त गर्नुभयो ।
अन्त्यमा सभासद लिङदेनले अहिलेको लिम्वुवान माओवादीको प्रस्तावमात्र हो । यसमा वृहत छलफल गरौं । त्यसपछाडि निष्कर्ष निकालौं भन्नुभयो । स्मरणीय कुरा के रहयो भने किराती राज्यको अवधारक तथा हालको संस्कृती तथा राज्य पूनसंरचना मन्त्री गोपाल खम्वुको भने उपस्थिती रहेन । उहालाई वकाईदा निमन्त्रणा भएपनि उहा लिम्वुवानवादी तथा हङकङेली नेपालीहरुसंग डराएर उपस्थित हुनुभएको थिएन भनेर सवैले खम्वुको नेगेटिभ कुराहरु व्यापक रुपमा गर्न थालेका छन् । लेखहरु निक्लन थालेका छन् ।सभासद लिङदेनसंग किरात याक्थुङ चुम्लुङ हङकङले पनि भेटघाट तथा लञ्चको कार्यक्रम सम्पन्न गरेको थियो ।

No comments: