News

Oct 1, 2008

दसैंको अवसर पारेर तराइमा सशस्त्र सघर्ष स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुको महान चाड दसैंको अवसर पारेर तराइमा सशस्त्र सघर्ष गरिरहेका दुइ संगठनहरुले फौजी कारबाही स्थगित गरेको घोषणा गरेका छन् । मधेसी भाइरस किलर्स अनि जनतान्त्रिक तराइ मुक्ति मोर्चाको रणबीर सिंह समूहले दसैंमा फौजी कारबाही नगर्ने घोषणा गरेका हुन् ।ती संगठनले विज्ञप्ति जारी गरी दसैंको पूर्णिमासम्मको अवधिका लागि कारबाही स्थगित गरिएको जनाएका हुन् । तराइमा अन्य दर्जनौं सशस्त्र भूमिगत संगठनहरु सशस्त्र गतिविधिमा सक्रिय रहेका छन् । तीमध्ये यी दुइ संगठनले चाडको अवसर पारेर फौजी कारबाही नगर्ने जनाएका हुन् ।

No comments: