News

Feb 25, 2008

मोर्चाद्वारा प्रदर्शन, कोणसभा र लाठी गस्ती

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आमहडतालको ११ औ दिन पनि सुनसरी सदरमुकाम इनरुवामा प्रदर्शन र कोणसभा भएको छ। मोर्चाका कार्यकर्ताहरुले अपरान्ह लाठीगस्ती गरेका छन्। कार्यकर्ताहरुले लाठीसहित नगरक्षेत्रभरि गस्ती गरेका छन्। उनीहरुले एउटा पसलमा सामान्य तोडफोडको प्रयास गरेका थिए। बन्दको अवज्ञा गरी सटर खोलेको भन्दै तोडफोड प्रयास गरेको मोर्चाले जनाएको छ। मोर्चाको दैनिक कार्यक्रम अनुसार शनिवार पनि प्रदर्शन गरेका थिए। जिविस अगाडिवाट निकालिएको जुलुस नगरक्षेत्रको परिक्रमा गरी बसचौकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा मोर्चाका रामकृष्ण मेहता, विश्‍वनारायण मेहता, डि एन मेहता, मनोज यादव लगायतले बोलेका थिए। मोर्चाको कोणसभामा बोल्ने अधिकांश वक्ताले माग पूरा नभए थप कडा संघर्षमा उत्रने वताएका थिए। त्यसैगरी मधेश बन्दको ११ औ दिन विराटनगर शान्त रहयो। विहीवारदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू प्रशासनले शनिवार बिहान १० बजेवाट हटायो। अपरान्ह मधेशी फोरम नेपाल र मधेशले जुलुस प्रदर्शन गरे।

No comments: