लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्खुवासभा, भदौ २३ गते । सङ्खुवासभा जिल्लाका बाला, सिसुवाखोला, याफू र माङतेवा गाविसका करिब दुई हजार परिवार पहिरोको खतरामा परेका छन् । यी परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गर्नुको विकल्प नभएको एक अध्ययनले देखाएको छ । गत साउन ११ गते ताम्कु-९ सिकिदिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो । विस्थापित ६० परिवारलाई पुनर्वासको व्यवस्था भइसकेको छैन भने भदौको पहिलो साता बाला-८ दाङखिलामा पहिरोले १५ घर विस्थापित भएका छन् ।जिल्लाको उत्तरी क्षेत्रका यी गाविसमा बसोवास गर्दै आएका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अध्ययन सुरु गरेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौतम बताउनुहुन्छ । बालाका ८ र ९ नम्बर वडा, सिसुवा, याफू र माङतेवा गाविसका सबै वडा पहिरोको खतरामा रहेको पहिरोपीडित क्षेत्रमा पुगेको सर्वपक्षीय समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बाला गाविस सचिव नेत्रबहादुर श्रेष्ठ भन्नुहुन्छ- "यी परिवारलाई तत्काल सुरक्षित स्थानमा लान नसके कुनै पनि समय ठूलो अनिष्ट हुने देखिन्छ ।" सचिव श्रेष्ठका अनुसार बालामा ५६४ परिवार र सिसुवाखोला-२, ५ र ६ नम्बर वडाका ११५ परिवार जोखिममा छन् । यी परिवारका घरजग्गा पहिरोले चिराचिरा परे पनि उनीहरू त्यहीँ बसोवास गर्दै आएका छन् ।लामो खडेरीपछि पानी पर्दा जहाँसुकै पहिरो जान थालेको स्थानीय बासिन्दा बताउँछन् । गत वर्ष पहिरोले यी गाविसमा १५८ परिवार विस्थापित भएका थिए । उनीहरू घर छोडेर नजिकैका बारीमा अस्थायी कटेरा बनाएर बस्दै आएको माङतेवा-४ का छत्रजङ्गबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार ती परिवारलाई जिविस, गाविस, स्थानीय प्रशासन र इको हिमालको सहयोगमा विभिन्न स्थानमा पुनःस्थापना गरिएको थियो ।पहिरोको खतरा बढेपछि ११ सदस्यीय बाढीपहिरो अनुगमन समिति गठन गरिएको छ । उक्त समितिले अनुगमन गरेपछि पहिरोको खतरा सार्वजनिक भएको हो । अनुगमन समिति संयोजक कवानसेन राईका अनुसार यी गाविसमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनसमेत खतरामा छन् ।समितिले पहिरोबाट मानवीय क्षति हुने देखिएको भन्दै वैकल्पिक पुनर्वासका लागि व्यवस्था गर्न सुझाव दिएको छ । समितिले त्यसका लागि आवश्यक कदम चाल्न प्रशासनलाई लिखित जानकारी गरायो ।
प्रशासन कार्यालयका अधिकृत मोहनमणि घिमिरे पहिरोको खतरा गृह मन्त्रालयको केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई जानकारी गराएको बताउनुहुन्छ ।

No comments:
Post a Comment