News

Sep 12, 2009

त्रिवि कार्यालयमा अप्टिकल फाइबर जडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयले अन्तर्रँष्ट्रिय स्तरको शैक्षिक गुणस्तर कायम गरी प्रतिस्पर्धामूलक शिक्षा प्रदान गर्न विश्वविद्यालय परिसरको केन्द्रीय कार्यालय, विभाग, अनुसन्धान केन्द्र, पुस्तकालय र विश्वविद्यालय क्याम्पसभित्र अप्टिकल फाइबर जडान गरेको छ। विश्वविद्यालयको कार्यक्रम अन्तर्गत सूचना प्रविधिको विकास गर्न अप्टिकल फाइबर जडान गरिएको हो। त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न त्रिविसभामा उपकुलपति प्रा.डा. माधव शर्माले सो जानकारी दिनुभएको हो।त्रिविले मुलुकको आवश्यकता र मागअनुरूप सैन्द्धान्तिक, व्यावहारिक, वैज्ञानिक र सीपमूलक पाठ्यक्रम तर्जुमा र परिमार्जन गरी कार्यान्वयन गर्दै आएको बताउँदै उहाँले स्नातक र स्नातकोत्तर तहमा सञ्चालित पुरान पाठ्यक्रमलाई परिमार्जन गरी लागू गरिसकेको जानकारी गराउनुभयो।बन्द, हड्ताल, चक्काजाम लगातार आन्दोलनका कारण त्रिविको शैक्षिक स्थिति खस्कँदै गएको स्वीकार्नुभयो।त्रिविले वाषिर्क परीक्षा प्रणालीअन्तर्गतका पाठ्यक्रममा आन्तरिक मूल्यांकन व्यवस्था हटाइएको र वाषिर्क शिक्षण शुल्क बढाउने तयारी गरिरहेको उपकुलपति शर्माले बताउनुभयो। उहाँले त्रिविको चौंतीसौं दीक्षान्त यही भदौ ३१ गते र ३५औं दीक्षान्त समारोह आउँदो मंसिर महिनामा हुने बताउनुभयो। त्रिविसभामा बोल्दै सहकुलपति एवम् शिक्षामन्त्री रामचन्द्र कुशवाहले नेपालको शिक्षाक्षेत्रमा बजेट अपुग रहेको बताउनुभयो।सो समारोहमा कुलपति एवम् प्रधानमन्त्री माधवकुमार नेपालले दिनुभएको सन्देशमा त्रिविका शिक्षक अध्ययन अनुसन्धानमुखी हुन छाडेर राजनीतिमुखी भएको र विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउनु नहुने उल्लेख गरिएको छ। सभामा शिक्षाध्यक्ष प्रा.डा. सूर्यलाल अमात्यले त्रिविको ४८औं वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।विश्वविद्यालयको सभाले आव २०६६/०६७ को वाषिर्क पारित भएको छ। नेपाल सरकारको अनुदान तथा विकास कार्यक्रम र पूँजीगत खर्च स्रोतबाट ४ अर्व ८१ करोड ७० लाख १० हजार रहेको छ।

No comments: