लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको क्षेत्राधिकारबारे संविधानमा संशोधन भए आन्दोलन फिर्ता लिने बताएका छन्। पाँच दिने हङकङ भ्रमण सकेर स्वदेश फिर्ता हुने
क्रममा बिहीबार उनले अन्तर्राष्ट्रिय विमानस्थलमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन। शुक्रबारदेखि माओवादीद्वारा घोषित कार्यक्रम समाप्त हुने भएकाले भावी कार्यक्रम सरकार र दलसँग छलफलपछि तय हुने उनले बताए।'हाम्रो माग त सदनमा संकल्प प्रस्तावमाथि मतदान नै हुनुपर्छ भन्ने हो', दाहालले भने- 'त्योभन्दा एक कदम अघि बढेर राष्ट्रपतिको क्षेत्राधिकारबारे संविधानमा संशोधन भए आन्दोलन फिर्ता लिन्छौं।'शुक्रबारदेखि पार्टीको घोषित आन्दोलन समाप्त हुने भएकाले भावी कार्यक्रम के हुन्छ भन्ने प्रश्नमा उनले भने- 'भावी कार्यक्रम पार्टीमा छलफल हुन्छ। र, अन्य दल र सरकारसँग छलफलपछि तय गरिनेछ।'हङकङमा चिनिया अधिकारीसँग भेट भएको भन्ने हल्लामात्र भएको उनले बताए। 'चिनिया अधिकारीहरूसँग सामान्य शिष्टाचार भेटघाटमात्रै भएको हो'- उनले भने। दाहालका साथ पत्नी सीता, पार्टी विदेश प्रमुख कृष्णबहादुर महरा र अर्का सदस्य मनोजजंग थापा सहभागी थिए। उनले हङकङमा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

No comments:
Post a Comment