लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन अयोध्यापुरीका जीवशरण गायकले आइतबार प्रधानमन्त्री माधव नेपालबाट सहायक सेनानीको दज्र्यानीचिह्न पाए । भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा दज्र्यानीचिह्न पाएका एक सय ४३
अधिकृतमध्येका गायक गन्धर्व जातिबाट अधिकृत स्तरमा पुग्ने पहिलो व्यक्ति हुन् । हाल गन्धर्व जातिका एक दर्जनजति युवा नेपाली सेनाको तल्लो तहमा कार्यरत छन् ।'अहिलेसम्मको तथ्यांक हेर्दा गन्धर्व जातिबाट पहिलोपटक सेनामा अधिकृत हुने जीवशरण गायक पहिलो व्यक्ति हुन्,' नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्रीले नयाँ पत्रिकासँग भने । सेनाको वेबसाइट डब्लुडब्लुडब्लु डट नेपालीसेना डट मिल डट एनपीअनुसार हालसम्म सेनामा गन्धर्व, दमाईं र ढोली जातिबाट नेपाली सेनामा कार्यरतको संख्या एक हजार नौ सय नौ छ । यीमध्ये गन्धर्व जातिको संख्या करिब एक दर्जन जति छ । 'म एकदमै खुसी छु, देश र सेनाका लागि मेरो जिम्मेवारी बढेको छ,' गायकले सहायक सेनानीको दर्जा पाएपछि नयाँ पत्रिकासँग आइतबार भने, 'सेनाले दिएको जस्तोसुकै जिम्मेवारी दर्जाअनुसार पूरा गर्नेछु ।'

No comments:
Post a Comment