News

Jul 12, 2012

चार सहसचिवको बढुवा, बजेटमा निर्णय हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन २८- सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले दुर्गानिधी शर्मा, ज्ञानदर्शन उदास, सूर्य सिलवाल र धनवहादुर तामाङलाई सचिवमा बढुवा गरेको हो। चार रिक्त स्थानमा लागि बढुवा समितिले १२ जनाको नाम सिफारिस गरेको थियो। सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार बैठकमा एकतृतियांश या आंशिक बजेट ल्याउने विषयमा छलफल भएपनि निर्णय हुन सकेन। बैठकमा चुनाव तथा सेना समायोजनका लागि आवश्यक पर्ने सवै रकम छुट्याउने विषयमा छलफल चलेको थियो। मन्त्री यादवका अनुसार विश्व वैंकबाट सुनौलो हजार दिन कार्यक्रमका लागि तीन अर्व ४८ करोड,पुल सुधार तथा मर्मतका लागि पाँच अर्व ३१ करोड र कुवेत फण्डबाट बुढीगण्डकी जलशाययुक्त आयोजनाको विस्तृत अध्ययन र निर्माण कार्य सुरु गर्न १ अर्व ५८ करोड रुपैयाँ लिने निर्णय गरेको छ।

No comments: