News

Jul 3, 2012

दक्षिण कोरियामा नयाँ राजधानी उद्घाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दक्षिण कोरियाले राजनीतिक कारण एक दशक लामो विवादलाई अन्त्य गर्दै प्राय: सरकारी कार्यालय रहने गरी निर्माण गर्न लागिएको नयाँ राजधानीको सोमबार उद्घाटन गरेको छ । सेजोङ सिटी नामक नयाँ राजधानीको उद्घाटन समारोहमा सोलबाट २ हजार बासिन्दा तथा प्रतिष्ठित व्यक्तिहरु उपस्थित भएका थिए । उक्त सानो राजधानी निर्माण पूरा हुन १९ अर्ब ४० करोड डलर लाग्ने अनुमान गरिएको छ । मुलुकमा विकासको सन्तुलन र सोल तथा सोलसँग जोडिएका नगरहरु मुलुकको करिब आधा जनसंख्याले भरिएकाले त्यसलाई खुकुलो पार्ने उद्धेश्यले नयाँ राजधानी विकास गरिएको हो ।

No comments: