News

Jul 9, 2012

ज्ञानेन्द्रको सुविधा हटाइदिने प्रधानमन्त्रीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २५ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द साहलाई पाइरहेको सुविधा हटाइदिने चेतावनी दिएका छन् । ज्ञानेन्द्रले राजतन्त्र पुन: फर्किन सक्ने बताइरहेका बेला प्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । 'तात्कालिन राजाले पाठ नसिकेका हुन सक्छन्,' राजधानीमा आयोजित एक कार्यक्रममा उनले चेतावनी दिए, 'अलिकति पाएको सुविधाबाट पनि वन्चित हुनुपर्ला ।' राजतन्त्र पुनरस्थापना हुने कुनै सम्भावना नरहेको बताउदै भट्टराईले राजनीतिक दलबीच देखिएका विवादबाट फाइदा नउठाउन चेतावनी दिए । 'यस्ता अभिव्यक्ति जारी रहे सरकार के हो, राज्य के हो भन्ने संकेत पाउनेछन्,' ग्लोबल आइएमइ बैंक उद्‍घाटन कार्यक्रममा उनले भने । प्रमुख राजनीतिक दल विच केहि मतभिन्नता देखिए पनि सहमति तर्फ अघि बढ्दै गएको उनले बताए । 'राजतन्त्रले कुनै पनि रुपमा टाउको उठाए पुन सबै एक हुनेछन्,' भट्टराईले भने । प्रमुख दल विच सहमति भएरै बजेट ल्याइने उल्लेख गर्दै भट्टराईले यसबारे केहि दिनमै सकारात्मक सन्देश आउने बताए । 'चुनाव घोषणा भैसकेकाले बजेटमा न्यूनतम सहमति आवस्यक छ,' उनले भने ।

No comments: