News

Jul 17, 2012

कविताकृति “कुण्ठीत् मनका चीत्कारहरु”को लोकार्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/अशोक राई 
१५ जुलाई २०१२ हङकङ । कम्युनिटी हल याउमा तेईमा कवि चन्द्र मादेन 'आन्छन्'द्वारा लिखित तथा तेह्रथुम मञ्च हङकङबाट प्रकाशित कविताकृति “कुण्ठीत् मनका चीत्कारहरु” को लोकार्पण भएकोछ । तेह्थुम मञ्चको निबर्तमान अध्यक्ष त्रीभुवन लिम्बूको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय र संगितकार दिनेश सुब्बा तथा बिशेष अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, जनजाति महासंघका अध्यक्ष एन बी थापा, तेह्थुम मञ्चका अध्यक्ष श्याम इङनाम्, र एन आर एन हङकङका अध्यक्ष दुर्गा गुरुङ र अतिथिहरुमा साब्लाबुग साहित्यीक पत्रिकाका सम्पादक राज कुमार राई, याक्थुम चुम्लुङका अध्यक्ष कृष्ण लावती तथा साहित्यकारहरु कमल पौडेल र प्रदिप कन्दगबा रहनु भएको थियो । बाल कवि मींगमा शक्ति मादेनबाट भाइलिन बादनमा रेशम फिरीरीको धुनले स्वागत गरेपछि कार्यक्रमका प्रमुख अतिथिहरुबाट रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको बिच बिचमा मन्तब्य र कविता बाचन गरिएको थियो भने कविता बाचन गर्ने कवि तथा कवियत्रीहरुलाई अतिथिहरुको हातबाट उपहार समेत प्रदान गरिएको थियो । शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय, भुपेन्द्र चेम्जोंङ, दुर्गा गुरुङ, राज कुमार राई, कृष्ण लावती, प्रदिप थापा, टंक सम्बाहाम्फे र देश सुब्बा थिए भने कविता बाचन गर्नेहरुमा पूणिर्मा शाह, प्रकाश राई, बिष्णु इङनाम रुद्र फोम्बो र त्रीभुवन लीम्बु हुनुहुन्थ्यो । कृतिको बारेमा प्रदिप कन्दंवाले टिप्पणी गर्नु भएको थियो भने कार्यक्रमका नायक कवि चन्द्र मादेन 'आन्छन'बाट सबै आगन्तुकहरुलाई धन्यबाद दिदै आफ्नो संग्रहबाट एउटा कविता “पिञ्जडाको कैदी” बाचन गर्नुभएको थियो । अपरान्ह पाँच बजेदेखि सुरु भएको सो कार्यक्रम रिता गुरुङद्वारा सञ्चालन गरिएको थियो । कार्यक्रममा साहित्यकार, पत्रकार तथा अन्य गरि करिब सय जनाको सहभागिता रहेको थियो । अहिलेसम्म हङकङमा साहित्यिक कृतिहरू विमोचन गर्दा प्राय: साहित्यकारको हातबाट र कन्याको हातबाट विमोचित गरिने गरिएको थियो भने यस पटक भने गैह्र साहित्यकारबाट साहित्यिक कृति विमोचन गरेर नयाँ शैली प्रयोग गरिएको छ ।

No comments: