News

Jul 27, 2012

काँग्रेसको जिल्ला पार्टी सभापतिहरुको राष्ट्रिय भेलाको तयारी पूरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली काँग्रेस जिल्ला पार्टी सभापतिहरुको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । कांग्रेस सिन्धुपाल्चोक जिल्लाको प्रमुख आतिथ्यतामा भेला यही साउन १५ र १६ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजना हुन लागेको छ । सम्मेलनमा नेकाँको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक अवस्था र आगामी दिनमा नेकाले खेल्नुपर्ने भूमिका बारेमा छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै नेकाका लागि भेला ऐतिहासिक हुने बताए । भेलाको नेकाका पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्नुहुने र पार्टीका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

No comments: