News

Jul 3, 2012

राष्ट्रसंघद्वारा हतियारको बिक्री नियन्त्रण गर्ने सन्धिको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्युर्योर्क न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा विश्वभरमा हतियारको बिक्री नियन्त्रित गर्ने उद्देश्य साथ कानुनी रुपमा बाध्यकारी सन्धि ल्याउने तयारी भइरहेको छ । राष्ट्रसंघको मुख्यालयमा सोमबारदेखि यस मुद्दामा छलफल शुरु भएको छ । छलफल एक साता सम्म चल्ने अनुमान गरिएको छ । यस विषयमा आम सहमति कायम गर्ने कोशिश पनि भइरहेको छ । तर यो सन्धिलाई तयार पार्नु स्वयममा एक चुनौतीको विषय भएको विश्लेषकहरुको भनाई रहेको छ । विश्वका कयौ हतियार निर्यातक देशहरु यो सन्धिको विरोधमा रहेका छन् । एक अध्ययन अनुसार विश्वभर हरेक बर्ष साँढे दुई लाख मानिसको गैरकानुनी हतियारको कारण मृत्यु हुने गरेको छ । हतियार नियन्त्रण गर्ने अभियानमा लागेका अधिकारीहरुका अनुसार विश्वमा हतियारको गलत प्रयोगले गर्दा हरेक मिनेट एक जनाको ज्यान जाने गरेको छ । एम्नेस्टी इन्दरनेसनल र अक्सफाम जस्ता गैरसरकारी संगठन यसका लागि ६ बर्ष देखि हतियार बिक्री नियन्त्रण अभियान चलाइरहेका छन् । राष्ट्रसंघका अनुसार कयौं देशहरुले हतियार नियन्त्रण गर्ने सन्धिको समर्थन गरेको बताइएको छ । अमेरिकाले यो सन्धिबारे शुरुमा अन्योल देखाएका भएपनि यो सन्धिको समर्थन गरेको छ । तर उसले यो सन्धिमा गोलाबरुदलाई सामेल गर्न नहुने इच्छा देखाएको छ । बेलायतले भने सबैले लागू गर्ने सन्धि हुनुपर्ने बताएको छ । दुई प्रमुख हतियार निर्यातक देशहरु रुस र चीनले भने यो प्रस्तावित सन्धिको बारेमा आपत्ति जनाएका छन् ।

No comments: