News

Jul 3, 2012

सरकारले पनि विपक्षी सामना गर्न संयुक्त मोर्चा बन्दी थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रतिपक्षी दलहरुले सरकारको विरुद्धमा मोर्चाबन्दी जोडदारका साथ अगाडी बढाउन थालेपछि सरकार पनि संयुक्त मोर्चा बनाउन जुटेको छ । संयुक्त मोर्चा बनाउने क्रममै एकीकृत नेकपा माओवादीले पहिचानसहितको संघीयताका पक्षधरहरुसँग छलफल थालेको छ । आजै एमाओवादीले मोर्चाका लागि सहमति जुटाउन प्रधानमन्त्री बाबुराम भट्टराईले आदिवासी जनजातिहरुसँग छलफल गरेका छन् । छलफलमा एमालेका असन्तुष्ट नेताहरु सहभागी भएका थिए । त्यसरी सहभागी हुनेहरुमा एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, किरण गुरुङ लगायतका नेताहरु सहभागी रहेका थिए । छलफलपछि जनजाति नेताहरुले प्रधानमन्त्रीद्वारा संघीयताको पक्षधरहरुको साझा मोर्चा बनाउने विषयमा प्रस्ताव आएको र यो विषयमा अझै छलफल गरेर टुंगो लगाउने बताएका छन् ।

No comments: