News

Jul 2, 2012

अमेरिकी चालक बिहीन विमानद्वारा ६ जना लडाकू मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानमा अमेरिकी चालक बिहीन विमानको आक्रणमा परी ६ जना लडाकू मारिएका छन् । चालकरहित बिमानद्वारा पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्रमा आक्रमण गरी आज ६ जना विद्रोही मारिएको हो । मानव बिहीन उक्त विमानले अफगान सीमा नजिकै उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रको शावाल जिल्लामा दुई क्षेप्यास्त्र प्रहार गर्दा ती विद्रोहीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् एक घर परिसरमा भएको उक्त आक्रमणमा छ लडाकूको मृत्यु भएको र यसबाट लागेको आगोका कारण उक्त घर नष्ट भएको बताइएको छ

No comments: