News

Jul 27, 2012

तिब्बत एयरलाइन्स काठमाडौँ आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, साउन १२,एक वर्षअघि सञ्चालनमा आएको तिब्बत एयरलाइन्सले काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाएको छ। आफ्नो पहिलो वर्षगाँठको अवसरमा बिहीबार सार्वजनिक गरेको तीन वर्षे योजनामा तिब्बतकै पहिलो एयरलाइन्सले काठमाडौँलाई पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बनाउने जनाएको हो। एयरलाइन्सका कार्यकारी निर्देशक चेङ हुइले चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वकांक्षी योजना अर्न्तगत काठमाडौँलाई पहिलो गन्तव्य बनाउन लागिएको बताएका छन्। एयर चाइनाले केही वर्षदेखि उडान गर्दै आएको ल्हासा काठमाडौँ रुट विश्वकै महँगो मानिन्छ। विश्वकै आकर्षक पर्यटक गन्तव्य तिब्बतबाट थप उडानको व्यवस्थाले काठमाडौँ पर्यटक भित्र्याउन सहज हुने ठानिएको छ। सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय ध्वजाबाहक एयर चाइना ग्रुप अन्तर्गत तिब्बत सरकारद्वारा सञ्चालित तिब्बत एयरलाइन्ससँग अहिले तीन वटा जहाज छन्। ल्हासा विमानस्थलबाट चीनका चेङ्दु, चोङकिङ, सिनिङ र लान्झोउमा दैनिक १६ उडान गर्दै आएको एयरलाइन्सले हरेक वर्ष तीन वटा जहाज थप्दै जाने जनाएको छ। पर्यटकलाई नेपाल आउन सहज बनाउन सरकारले चीन समक्ष हवाई उडानको संख्या वृद्धि गर्न आग्रह गर्दै आएको छ। कोदारी राजमार्गबाहेक चिनिया पर्यटक नेपाल आउने हवाई मार्गबाटै हो। अहिले ल्हासा सहित एयर चाइनाले दक्षिण चीनको कुन्मिङबाट काठमाडौँ उडान गर्दै आएको छ भने चाइना साउदर्नले ग्वान्झाओबाट। हङकङबाट नेपाल एयरलाइन्स र ड्रागन एयरले काठमाडौँ उडान गरिरहेका छन्। सांघाई काठमाडौँ पुनः उडान शुरु गर्ने तयारी पनि भइरहेको छ।

No comments: