News

Feb 14, 2013

मादिभ्सका पूर्वराष्ट्रपतिलाई पक्रिन पक्राउ पूर्जी जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सत्तामा रहँदा शक्तिको दूरुपयोग गरेको आरोपमा मादिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । आफु विरुद्ध पक्राउ पूर्जी जारी गरे लगत्तै नाशिद राजधानी मालीस्थित भारतीय दूतावासको शरणमा पुगेका छन् । भारतीय विदेशमन्त्री सलमान खुर्शीदले भने नाशिदले राजनीतिक शरण नमागेको जनाएका छन् । नाशिदको पार्टीका प्रवक्ताले पक्राउ पूर्जी विरुद्ध उनले गरेको अपीलको फैसला नआएसम्म उनी भारतीय दूतावासमै रहने जनाएका छन् । नाशिद विरुद्ध सत्तामा रहँदा शक्तिको दूरुपयोग गरेको आरोप छ । सो आरोपबारे अदालतमा उपस्थित नभएपछि नाशिदलाई गतवर्ष पनि पक्राउको आदेश दिइएको थियो । गत वर्ष फेब्रुअरीमा पुलिस विद्रोह भएपछि उनी सत्ता छाड्न बाध्य भएका थिए ।

No comments: