News

Feb 8, 2013

जापान र रुस बिच फेरि तनाब बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानले दुई वटा रुसी फाइटर विमान आफ्नो आकाशमा प्रवेश गरेको भन्दै आपत्ति जनाएको छ । जापानको विवादास्पद उत्तरी होक्काइडो टापुहरुमा रुसी जेट विमान प्रवेश गरेको पत्ता लागे लगत्तै टोकियोमा विरोध प्रदर्शन समेत भएको समाचारमा जनाइएको छ । जापानी रक्षा मन्त्रालयले रुसी कदमले थप समस्या उत्पन्न गर्ने जनाएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले रुससंग विवाद रहेका प्यासिफिक टापुबारे वार्ताबाटै समाधान गर्ने बताएको भोलिपल्टै यो घटना भएको हो । रुसी सेनाले भने जापानी आरोप अस्वीकार गर्दै आफ्ना लडाकु विमानले विवादित टापुको नियमित उडान मात्रै गरेको दाबी गरेको छ । विवादास्पद चार टापु सम्बन्धमा दुवै मुलुकबीच ६० वर्षदेखि विवाद रहंदै आएको छ । यसै कारण दोस्रो विश्व युद्ध समाप्त भएपछि पनि दुई मुलुकबीच अझै शान्ति सम्झौता हुन सकेको छैन् ।

No comments: