News

Feb 9, 2013

सत्तारुढ चुरे भावरका अध्यक्ष साता दिनदेखि थुनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ २७- सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका एक घटक चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग गत शुक्रबारदेखि थुनामा छन्। हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालय, काठमाडौंको हिरासतमा रहेका प्रधानाङलाई छुटाउने पहल भइरहे पनि एक हप्ता बढी भइसक्दा पनि उनी छुट्न सकेका छैनन्। 'अध्यक्ष हिरासतमा हुनुहुन्छ, छुटाउने प्रयास जारी छ,' कोषाध्यक्ष हरी पोखरेलले नागरिकसँग भने। उनका अनुसार हिमालय फाइनान्स प्रकरणमा 'वित्तिय अपराध'को अभियोगमा प्रधानाङ्ग थुनामा परेका हुन्। नेपाल राष्ट्र वैंकले उनी माथी अन्याय गरेको परिवारजनको आरोप रहँदै आएको छ। सोही पार्टीका नेता बद्री न्यौपाने भने बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री छन्। गठबन्धन भित्रका एक पार्टी अध्यक्ष थुनामा परेको एक साता नाघिसक्दा पनि साना दलका बाहेक अरु नेता भेटघाट गर्न पुगेका छैनन्। पोखरेलका अनुसार अध्यक्ष प्रधानाङ्गलाई छुटाउने प्रयास जारी छ। केशव मैनालीलाई नेतृत्व र सभासदवाट हटाए पछि प्रधानाङ्ग सो पार्टीका अध्यक्ष रहँदै आएका छन्।

No comments: