News

Feb 9, 2013

गायक सुगम पोखरेल ‘दूर्व्यसनी’ : प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२७ माघ,लागूऔषध दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक सुगम पोखरेललाई पुनःस्थापना केन्द्र पठाउने गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ । पोखरेललाई लागूऔषध नियन्त्रण इकाइ बानेश्वरले शुक्रबार सेतोपुल नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनामध्ये एकजना विक्री वितरण गर्ने अर्का एक जनासँग मात्रै खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पर्दा सुगमसँग लागूऔषध बरामद नभए पनि सानो-सानो डोज मगाएर लिने गरेको पाइएकाले पुनःस्थापना केन्द्र पठाउन सुझाइएको प्रहरीले जनाएको छ । ‘एक जनासँग मात्र लागूऔषध भेटियो, बाँकी प्रयोगकर्ता मात्र हुन् । उनीहरुसँग केही बरामद भएको छैन ।’ इकाइका डीएसपी केदार साउदले भन्नुभयो- ‘पुनःस्थापना केन्द्र पठाउने गरी परिवारको जिम्मा लगाएका छौं ।’ उहाँका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले द्वारिका होटल अगाडिबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये एक कारोबाही रहेको र उनले गायक सुगमले पनि मगाएको भनेपछि सेतोपुल नजिकैबाट नियन्त्रणमा लिइएको साउदले जानकारी दिनुभयो ।

No comments: