News

Feb 14, 2013

एमालेका कारण शीतलनिवास वार्ता निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३ फागुन,सरकार गठनको विषयमा एमालेको निर्णय आउन नसक्दा राष्ट्रपति र मुख्य दलहरुबीच बिहीबार शीतलनिवासमा भएको दोस्रो चरणको छलफल बिनानिष्कर्ष टुंगिएको छ । शीतलनिवासमा विहीबार बिहान र बेलुका गरी दुईपटक बैठक बसेको थियो । बिहानको बैठकमा दलहरुले आन्तरिक बैठकबाट निर्णय गरेर आउने भनेपछि बेलुकासम्म बैठक स्थगित भएको थियो । तर, एमाले स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि बेलुकी पुनः बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको हो । शुक्रबार पुनः अर्को बैठक गरिने भएको छ । ’हामीले भोलि केन्द्रीय कमिटी बैठक बोलाएका छौं, कुनै उपयुक्त निर्णय गरेपछि सहमति जुट्छ ।’-संयुक्त बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो । कांग्रेसले प्रधानन्यायाधीशले राजीनामा गरेको अवस्थामा उनको नेतृत्व मान्न तयार रहेको बताए पनि एमालेभित्र यसबारे विवाद कायमै छ । शतिलनिवासको छलफलपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेले निर्णय नगर्दा आज सहमति हुन नसकेको र भोलिसम्म सहमति जुट्ने सम्भावना रहेको बताउनुभयो ।

No comments: