News

Feb 23, 2013

संवैधानिक विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँ बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको शीर्ष दलको बैठकले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउन देखिएका संवैधानिक विवाद मिलाउने जिम्मा फेरि कार्यदललाई दिएका छन् । बिहान बसेको मुख्य चार शक्तिको बैठकमा शिर्ष नेताहरुले विवादका रुपमा रहेको कानुनी र संवैधानिक जटिलताका विषय मिलाउने जिम्मा पुनः कार्यदललाई नै दिने निर्णय गरेको छ । बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले आज कार्यदलले आफ्नो काम टुङग्याएपछि भोली फेरि मुख्य चार शक्तिको बैठक बस्ने बताए । साथै उहाले भोली सम्म सवै बिषयमा सहमति जुट्ने दाबी समेत गरे । कार्यदलबाट प्रस्तावित प्रस्तावलाई अन्तिम रुप दिनेबारे छलफल गरेका थिए । छलफलमा कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको थियो । प्रधानन्यायधिसलाई कार्यकारी प्रमुख बनाउन अहिले रहेको बाधा फुकाउनका लागी कार्यदलको बैठक आजै २ बजे पछि बस्नेछ । नेकपा एमालेका तर्फबाट कार्यदलका सदस्य भिम रावलले कानुन मन्त्रालयका सचिव तथा कानुनका ज्ञाताहरु संग छलफल गरि सवै बाधा फुकाउनका लागी कार्यदललले आज अधिकतम प्रयास गर्ने बताए ।

No comments: