News

Feb 21, 2013

रेग्मीलाई रोक्न कांग्रेस नेताको दौडधूप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१० फागुन,नेपाली कांग्रेसका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन नगर्न दबाव शुरु गरेका छन् । सुजाता कोइराला, एनपी साउद, शंकर भण्डारीसहितका नेताहरुले पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटी पार्टी केन्द्रीय समितिको निर्णय विपरीत सहमति नगर्न दबाव दिएका हुन् । ‘कार्यदलले तयार पारेको ९ बुँदे सहमति शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत छ ।’-केन्द्रीय सदस्य साउदले भन्नुभयो-’अहिले प्रधानमन्त्री बनाउने र फेरि प्रधानन्यायाधीशमा ल्याउने सहमतिले अदालत स्वतन्त्र रहन सक्दैन ।’ नेताहरुले सरकार गठनबारे निर्णय गर्दा लोकतान्त्रिक मूल्य मान्यता र शक्ति पृथक्कीकरणको सिद्धान्तबाट विचलित नहुन दबाव दिएका छन् । उनीहरुले महासमितिको बैठक बोलाउन माग समेत गरेका छन् । नेताहरुले उपसभापति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

No comments: