News

May 10, 2008

प्रधानमन्त्रीले बैशाख २८ चियापान कार्यक्रम आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभा चुनावमा बिजयी पार्टी तथा संविधानसभासदको सम्मानमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा आयोजित चियापान कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आयोजनामा निवास बालुवाटारमा चियापान कार्यक्रम सुरु भएको छ । संविधानसभा चुनाव जितेका दल तथा संविधानसभासदको सम्मानमा प्रधानमन्त्रीले बैशाख २८ चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापानमा प्रमुख दलका नेता तथा संविधानसभामा जितेका २५ दलकै नेताहरुको उपस्थिति छ । कार्यक्रममा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति छ । चियापान सुरु हुनुअघि प्रधानमन्त्रीले आफ्नो संक्षिप्त मन्तब्यको क्रममा बिगतका सबै तिता मिठा कुरा बिर्सिदै एक भएर संविधान निर्माण गर्नुपर्ने बताएका थिए ।

No comments: