News

May 16, 2008

माओवादी मधेसवादी दलसित मिलेर आगामी सरकार बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टाराइले आफ्नो पार्टीले मधेसवादी दलसित मिलेर आगामी सरकार बनाउने बताउनुभएको छ । नयाँ परिवेशमा नयाँ किसिमको सहकार्य र एकता हुने उल्लेख गर्नुभयो । वीरगन्ज उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको उद्घाटन गर्दै शुक्रबार उहाँले यस्तो बताउनुभएको हो । जनताले माओवादी र मधेसवादी दललाई सरकार बनाउने जनादेश दिएको उहाँको भनाइ थियो ।माओवादी नेतृत्वको सरकारले आर्थिक क्रान्ति गर्ने आश्वासन दिंदै भट्टराइले आफूहरुलाई सहयोग गर्न उद्योगी-व्यवसायीलाई आग्रह गर्नुभयो । औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउन उद्योगी-व्यापारीहरुले अर्को आन्दोलन गर्नु नपर्ने भन्दै उहाँले आफूहरुले सोचेजस्तो आर्थिक क्रान्ति हासिल गर्न औद्योगिक क्षेत्रलाई शान्तिक्षेत्रमा रुपान्तरण गर्नुपर्ने औंल्याउनुभयो ।

No comments: