News

May 12, 2008

सरकार र फोरमबीच बिगतमा भएका सहमति कार्यन्वयनमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्रीसँगको भेटमा मधेशी जनअधिकार फोरमका नेताहरुले सरकार र फोरमबीच बिगतमा भएका सहमति कार्यन्वयनमा जोड दिएकाका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बैशाख ३० प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन लामो भेटवार्तामा फोरम र सरकारबीच बिगतमा भएका सहमति कार्यान्वयनबारे छलफल भएको फोरमका केन्द्रीय सदस्य उपेन्द्रकुमार झाले बताए । झाका अनुसार वार्तामा नयाँ सरकार गठनबारे पनि छलफल भएको थियो । वार्तामा फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेश अन्दोलनपछि फोरम र सरकारबीच भएको सहमतिह लागु भए मात्र नयाँ सरकार निर्माणका अधारहरु बन्ने अडान लीएको झाले उल्लेख गरे ।
झाका अनुसार प्रधानमन्त्रि कोइरालाले केहि दीनमै कार्यदल गठन गरेर सरकार र फोरमबीचका सहमति कार्यन्वयन गर्ने वचन दिएका छन् । नयाँ सरकारमा जाने नजानेबारे यादवले पार्टीको केन्दिय कमिटि बैठकले निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने जानकारी यादवले प्रधानमन्त्रीलाई दिएको झाले बताए । वार्तामा फोरमका नेताहरु महादेब साह, बिजय गच्छदार र शरदसिहं भण्डारीको उपस्थिति थियो ।

No comments: