News

May 16, 2008

आन्तरिक उडान हवाई भाडा साढे १२ प्रतिशतले बढाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेपालमा आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई भाडा साढे १२ प्रतिशतले बढाउने निर्णय गरेका छन्। नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर १० रुपियाँका दरले मूल्यवृद्धि गरेपछि वायुसेवा सञ्चालकहरूले त्यसकै अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्।हवाई इन्धनको मूल्यवृद्धिपछि वायुसेवा सञ्चालनमा थप आर्थिक भार पर्न गएको एवम् हालको मूल्यवृद्धिलाई समेत समायोजन गरी सोही अनुपातमा फयुल सरचार्ज’ बढाउने निर्णय गरिएको वायुसेवा सञ्चालक संघका प्रमुख संयोजक श्रीकान्त बरालले बिहीबार नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सरचार्ज आगामी आइतबारदेखि लागू हुने उहाँले बताउनुभयो। यात्रुको हिसाबमा भाडा बढेको हो तर वायुसेवाको हिसाबमा नाफा होइन, बरु इन्धन मूल्यवृद्धिअनुरूप समायोजन मात्र गरिएको हो’, प्रमुख संयोजक बरालले भन्नुभयो- हामी यसलाई हवाई भाडा वृद्धि भन्दैनौं। खर्च समायोजन मात्र गरिएको हो। आयल निगमलाई भने विशुद्ध नाफा हो। यसको प्रत्यक्ष मार यात्रुलाई पर्छ।’वायुसेवा सञ्चालकहरूले गत पुस १८ गते पनि झन्डै १२ प्रतिशतका दरले हवाई भाडा बढाएका थिए। त्यस बेला आयल निगमले अँन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर ८ रुपियाँका दरले बर्ढाई ८० रुपियाँ पुर्याएको थियो। अहिले यो मूल्य प्रतिलिटर ९० रुपियाँ रहेको छ।प्रमुख संयोजक बरालका अनुसार हवाई इन्धनमा प्रतिलिटर ४ रुपियाँका दरले घटबढ भएमा फयुल सरचार्ज पुनरवलोकन गर्न पाउने सम्झौता वायुसेवा सञ्चालक र सरकारबीच गत पुस १८ गते भएको थियो। अहिले पनि मापदण्डअनुरूप सरचार्ज बढाउने निर्णय गरिएको वायुसेवा सञ्चालक संघले बताएको छ।फयुल सरचार्ज अब प्रतियात्रु प्रतिमिनेट सुगम क्षेत्रका लागि ५ रुपियाँ ८३ पैसा तथा दुगम क्षेत्रका लागि ४ रुपियाँ ७ पैसाका दरले बढ्ने उहाँले जानकारी दिनुभयो।उहाँका अनुसार सरचार्ज सुगम क्षेत्रमा न्यूनतम काठमाडौं-सिमराका लागि १ सय ५ रुपियाँ तथा अधिकतम धनगढीका लागि ३ सय ६१ रुपियाँ ६७ पैसा बढाउने निर्णय भएको छ। माउन्टेन फलाइटका लागि भने ३ सय ५० रुपियाँ बढाइनेछ। काठमाडौंबाट सिमरा १८ मिनेट, धनगढी ६२ मिनेट र माउन्टेन फलाइट ६० मिनेटको हवाई दूरीमा छ।अब भाडाबाहेक प्रतियात्रु फयुल सरचार्जबापत माउन्टेन फलाइटमा १ हजार ३ सय ४०, धनगढीमा १ हजार ३ सय ८१, नेपालगन्जमा १ हजार ४४, भद्रपुरमा ९ सय ८३, विराटनगरमा ८ सय २५, भैरहवामा ७ सय ३२, पोखरामा ५ सय ९७, जनकपुरमा ५ सय ३०, भरतपुरमा ४ सय ६२ र सिमरामा ३ सय ९५ रुपियाँ अतिरिक्त लाग्नेछ।त्यसै गरी दुगम क्षेत्रका ४५ सेक्टरअर्न्तर्गत न्यूनतम धनगढी-महेन्द्रनगरका लागि ६५ रुपियाँ तथा अधिकतम काठमाडौं-सुर्खेतका लागि ३ सय ४२ रुपियाँ वृद्धि गर्ने निर्णय भएको छ। धनगढीबाट महेन्द्रनगर १६ मिनेट तथा काठमाडौंबाट सुर्खेत ८४ मिनेटको हवाई दुरीमा छ।अब भाडाबाहेक प्रतियात्रु सरचार्जवापत सुर्खेतमा १ हजार ३ सय १२, ताप्लेजुङमा ८ सय ३९, जोमसोम र नेपालगन्ज-सिमिकोट ८ सय ११, नेपालगन्जबाट दार्चुला ७ सय ५९, बैतडी ७ सय ३, जुम्ला ६ सय ८, बाजुरा ६ सय ८, बझाङ ६ सय ५१ एवम् काठमाडौंबाट तुम्लिङटार ६ सय ६५ र भोजपुरका लागि ६ सय ८ रुपियाँ अतिरिक्त लाग्नेछ।

No comments: