News

May 16, 2008

रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको बिरोधमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादी जनमुक्ति सेनाले कोटेश्वरका रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको बिरोधमा कोटेश्वर, तिनकुने र नयाँ बानेश्वरमा प्रदर्शन भइरहेको छ । रामेछाप रामपुरमा स्थायी घर भएका काठमाडौं, कोटेश्वर निवासी रामहरि श्रेष्ठको माओवादी जनमुक्ति सेनाबाट भएको अपहरण र हत्याको बिरोधमा जेठ ३ गते बिहानैदेखि राजधानीमा प्रदर्शन भइरहेको छ । बैशाख १५ गते काठमाडौं कोटेश्वरको आफ्नै निवासबाट श्रेष्ठलाई चितवन शक्तिखोरस्थित माओवादी जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर जिवितको नेतृत्वको सेनाले चितवन लगेको थियो तथा जेठ २ गते बेलुका श्रेष्ठकी पत्नी रमिला श्रेष्ठलाई डिभिजन कमाण्डर बिबिधले 'रामहरि हाम्रासामु रहनु भएन, यो कुरा बाहिर नलगिदिनु होला' भन्दै मृत्युको जानकारी दिएका थिए ।
श्रेष्ठकी पत्नी रमिलाका अनुसार, काठमाडौ अनामनगर फास्टफुड रेष्टुराँ ब्यवसाय गरिरहेका श्रेष्ठको कोटेश्वरस्थित निवासमा २ वर्षअघि माओवादी भात्रृ संगठन वाईसीएल इन्चार्ज कुलप्रसाद केसी डेरा लिइ बसेका थिए । पछिल्लो समय त्यही डेरामा शक्तिखोर डिभिजन कमाण्डर बिबिध बस्नथालेका थिए । गत चैत १५ गते डेराबाट २ पेस्तोल, गोली र १७ लाख रुपैयाँ हराएको निहुँमा बैशाख १५ गते माओवादी सेनाले श्रेष्ठलाई शक्तिखोर लगेको रमिला बताउछिन् । धेरै दिन बितिसक्दा पनि पति नआएपछि रमिलाले जेठाजूहरुलाई लिएर माओवादी अध्यक्ष प्रचण्ड, क्षेत्र नम्बर २ का माओवादी सांसद झक्कुप्रसाद सुवेदी र कुलप्रसाद केसीलाई भेटेकि थिइन् । माओवादीका सबै नेताहरुले श्रेष्ठ निर्दोष देखिएकाले आत्तिनुनपर्ने तथा छुट्ने वचन दिएको रमिला बताउछिन् । जेठ २ गते टेलिफोनमा बिबिधले 'यो खबर बाहिर लगे अप्ठेरा पर्ला' भनेर चेतावनी दिएको रमिला बताउछिन्

No comments: